Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एसिड प्रहार गर्ने र बेच्नेविरुद्ध तीन कसुरमा मुद्दा

एसिड प्रहार गर्ने र  बेच्नेविरुद्ध तीन कसुरमा मुद्दा

पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड बिक्री गर्ने पसलेविरुद्ध तीन कसुरमा जिल्ला अदालत, धनुषामा मुद्दा दर्ता गरिएको छ । जनकपुरधाम उपमहनगरपालिका–१२ का सञ्जीव साहले २९ कात्तिकमा पत्नी आरतीमाथि एसिड प्रहार गरेका थिए । आरतीसँगै रहेकी तीन वर्षीया छोरीको जिउमा पनि एसिड परेको थियो । यसमा मुख्य अभियुक्त सञ्जीव र एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले जनाएको छ ।

दुवै जनाविरुद्ध अंगभंग, कुरूप र एकीकृत कसुर गरी तीन कसुरमा १५ वर्ष ६ महिना कैद र क्षतिपूर्तिको मागदाबी गरिएको जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए । उनका अनुसार कुरूप बनाएकोमा आठ वर्ष, अंगभंगमा पाँच वर्ष र दुवै कसुरमा अर्थात् एकीकृत कसुरमा दुई वर्ष ६ महिना कैद सजायको मागदाबी गरिएको हो । 

उनीहरूविरुद्ध नयाँ कानुनअनुसार क्षतिपूर्ति र कैद सजायसहित बुधबार अदालतमा अभियोगपत्र दर्ता गरिएको छ । नयाँ कानुनअनुसार दर्ता गरिएको यो पहिलो मुद्दा भएको अर्यालले बताए । यो अन्य घटनाभन्दा फरक रहेको उल्लेख गर्दै जिल्ला न्यायाधिवक्ता अर्यालले भने, ‘समान्यतः एसिड आक्रमणका घटनामा कुरूप बनाइन्छ, तर यस घटनामा पीडितको आँखाको दृष्टि नै गुमेको छ भने अनुहार, छातीलगायत अंगभंग बनाइएको छ । तीन वर्षीया बालिकाको हात र टाउकोमा एसिड प्रहारले खत बसेको छ ।’ 

अहिले पीडित दुवैको काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचार भइरहेको छ । दुवैजना अभियुक्त भने अहिले प्रहरी हिरासतमै छन् । 

प्रतिक्रिया

ट्रेन्डिङ