Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानमन्त्री केपी ओली ले आह्वान गरेका संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

प्रधानमन्त्री केपी  ओली ले आह्वान गरेका संवैधानिक परिषद्को  बैठकमा देउवा नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएका संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

बैठक हुन एक दिन मात्रै बाँकी छँदा सभापति देउवाले आफ्नो प्रियपात्र रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् ।

स्रोतले बताएअनुसार देउवाले आफूहरुको २९ गतेको प्रदर्शनलाई प्रभावित पार्नेगरी बैठक बोलाइएको हुनसक्ने ठहर गर्दै ओलीलाई यस्तो सन्देश पठाएका हुन् ।

ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । देउवाले भने प्रदर्शनभन्दा अगाडि आफूले बैठकमा उपस्थिति जनाउन नसक्ने बताएका छन् ।

कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तलगायत अन्य थुप्रै निकायहरु अहिले नेतृत्वबिहीन छन् ।

यसअघि नियुक्तिकै विषयमा ओलीले देउवासँग छलफल गरेका थिए । कांग्रेसले आगामी २९ गते देशव्यापी सरकार विरोधी आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया