Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

अवैध कुखुरासहित बुझाइएको व्यक्तिलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ - धनगढी

अवैध कुखुरासहित बुझाइएको व्यक्तिलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ - धनगढी

धनगढीका स्थानीयले शुक्रबार राति अवैध कुखुरासहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ मा भारतबाट ल्याउँदै गरेको अवैध ७२ वटा बोइलर कुखुरा, बोक्न प्रयोग गरिएको से ३ प १३९७ नम्बरको मोटरसाइकल र संलग्न एक जना युवालाई नियन्त्रणमा लिएर जुगेडा अस्थायी प्रहरी चौकीलाई बुझाए । तर विहान प्रहरी चौकीमा बुझाइएको ती व्यक्ति नदेखेपछि स्थानीयहरु आक्रोशित भए ।

कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भूवन पाण्डेका अनुसार स्थानीय युवा तथा कुखुरा व्यवसायीहरुले अवैध कुखुरासहित एक जनालाई राति १० बजे नियन्त्रणमा लिएका थिए । तर प्रहरीलाई बुझाइएको युवालाई नदेखेपछि शनिबार बिहान स्थानीय युवाहरुले प्रहरी चौकी नै घेराउ गरेको कुखुरा व्यवसायी बिजय राईले बताए । स्थानीयको विरोधपछि ती युवालाई प्रहरीले बोलाइएको बताइएको छ । तर उनको नाम प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

कुखुरा व्यवसायी बिजय राईले बरामद गरेको ७२ वटा कुखुराको तौल भण्डै १ सय ५० किलो हुने बताएका छन । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ६५ किलो अवैध कुखुरा नष्ट गरिएको बताए । उनले नियन्त्रणमा लिएका प्रहरी र मोटरसाइकल जिल्ला पठाउन निर्देशन भएको बताएका छन । जिल्ला आएपछि मात्र नाम सार्वजनिक गर्ने विष्टले बताए । 

कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डले तस्करीका सामान नियन्त्रणमा लिन प्रहरीले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । स्थानीय अवैध कुखुरा नियन्त्रणमा लिन सक्ने प्रहरीले बुुझाइएको व्यक्तिलाई भगाउनुमा प्रहरी र तस्करबीच मिलेमतो भएको आशंका समेत उनले गरे ।

जुगेडाको सोही नाका भएर लामो समयदेखि चोरी तस्करी हुँदै आएको छ । गत कार्तिक १ गते सो क्षेत्रमा गस्तीमा रहेका त्यही प्रहरी चौकीमा कार्यरत चौकी इन्चार्जसहित २ जनालाई तस्करहरुको गिरोहले मारेको थियो। दिनेश खबर

प्रतिक्रिया