Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अवैध कुखुरासहित बुझाइएको व्यक्तिलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ - धनगढी

अवैध कुखुरासहित बुझाइएको व्यक्तिलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ - धनगढी

धनगढीका स्थानीयले शुक्रबार राति अवैध कुखुरासहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ मा भारतबाट ल्याउँदै गरेको अवैध ७२ वटा बोइलर कुखुरा, बोक्न प्रयोग गरिएको से ३ प १३९७ नम्बरको मोटरसाइकल र संलग्न एक जना युवालाई नियन्त्रणमा लिएर जुगेडा अस्थायी प्रहरी चौकीलाई बुझाए । तर विहान प्रहरी चौकीमा बुझाइएको ती व्यक्ति नदेखेपछि स्थानीयहरु आक्रोशित भए ।

कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भूवन पाण्डेका अनुसार स्थानीय युवा तथा कुखुरा व्यवसायीहरुले अवैध कुखुरासहित एक जनालाई राति १० बजे नियन्त्रणमा लिएका थिए । तर प्रहरीलाई बुझाइएको युवालाई नदेखेपछि शनिबार बिहान स्थानीय युवाहरुले प्रहरी चौकी नै घेराउ गरेको कुखुरा व्यवसायी बिजय राईले बताए । स्थानीयको विरोधपछि ती युवालाई प्रहरीले बोलाइएको बताइएको छ । तर उनको नाम प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

कुखुरा व्यवसायी बिजय राईले बरामद गरेको ७२ वटा कुखुराको तौल भण्डै १ सय ५० किलो हुने बताएका छन । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ६५ किलो अवैध कुखुरा नष्ट गरिएको बताए । उनले नियन्त्रणमा लिएका प्रहरी र मोटरसाइकल जिल्ला पठाउन निर्देशन भएको बताएका छन । जिल्ला आएपछि मात्र नाम सार्वजनिक गर्ने विष्टले बताए । 

कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डले तस्करीका सामान नियन्त्रणमा लिन प्रहरीले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । स्थानीय अवैध कुखुरा नियन्त्रणमा लिन सक्ने प्रहरीले बुुझाइएको व्यक्तिलाई भगाउनुमा प्रहरी र तस्करबीच मिलेमतो भएको आशंका समेत उनले गरे ।

जुगेडाको सोही नाका भएर लामो समयदेखि चोरी तस्करी हुँदै आएको छ । गत कार्तिक १ गते सो क्षेत्रमा गस्तीमा रहेका त्यही प्रहरी चौकीमा कार्यरत चौकी इन्चार्जसहित २ जनालाई तस्करहरुको गिरोहले मारेको थियो। दिनेश खबर

प्रतिक्रिया

ट्रेन्डिङ