ताजा अपडेट
आफैले चढेको बस बन्यो आफ्नै काल
गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ। गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।
टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ढकालले बताए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैं चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए।
मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया