ताजा अपडेट
नेविसंघद्वारा देशका विभिन्न ठाउँमा सिठ्ठी जुलुस
नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।
त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सिठ्ठी जुलुसमा सहभागीहरुले आरोप लगाए । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केही पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।
त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।नेपाली कांग्रेसले सोमबार सरकारको विरोध गर्दै देशभर प्रदर्शनको तयारी गरेको छ । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया