Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

यस्ता छन् कांग्रेसले सडकमा घन्काउने १० नारा- ओली सरकारविरूद्ध कांग्रेसकाे प्रदर्शन : काे-कुन जिल्लामा जाँदैछन् ?

यस्ता छन् कांग्रेसले सडकमा घन्काउने १० नारा- ओली सरकारविरूद्ध कांग्रेसकाे प्रदर्शन : काे-कुन जिल्लामा जाँदैछन् ?

केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताविरुद्ध सडकमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाएको छ । विभिन्न जिम्मेवारीसहित नेताहरुलाई देशभर खटाएको कांग्रेसले जनाएको छ । मंसिर २९ को देशव्यापी विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासहित नेताहरु विभिन्न जिल्लामा हुने विरोध प्रदर्शनको नेतृत्वसँगै विरोध प्रदर्शनमा सम्वोधन गर्न खटिएको बताएका छन् । 

उनका अनुसार सभापति देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै तनहुँमा ओली सरकारको प्रशासनबाट अपमान गरिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काठमाडौंमै सहभागीता जनाउने छन् । उनलाई आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर तीन घण्टा हिरासतमा राखेको थियो । प्रहरी प्रशासनले उनीमाथि डण्डासमेत लगाएको थियो ।  यसरी वरिष्ठ नेतामाथि नै आक्रमण गर्ने आँट कम्युनिष्ट सरकारले गरेपछि जनताको अवस्था के होला भनी गम्भीर खवरदारी गर्न कांग्रेसले यो सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो । 

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमासमेत लिप्त रहेर कोरोना भाइरसमा महामारी नियन्त्रण गर्नसमेत असफल भएको भन्दै गम्भीर समयमा पनि जनताको बाँच्न पाउने अधिकारमाथि हनन गरेको भन्दै कांग्रेस सडकमा उत्रिन लागेको हो । 

को कहाँ सम्वोधन गर्दै ? 
सभापति शेरबहादुर देउवा– हेटौंडा
वरिष्ठ नेता रामचन्द्र पौडेल – काठमाडौं 
उपसभापति विमलेन्द्र निधि – भक्तपुर
महामन्त्री डा.शशांक कोइराला – विराटनगर
कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर
सहमहामन्त्री प्रकाशशरण महत – झापा
पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी
पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा
केन्द्रीय सदस्यहरु, 
अर्जुननरसिंह केसी – कास्की (पोखरा) 
डा. रामशरण महत – चितवन 
गगन थापा – कैलाली 
प्रदीप पौडेल – कञ्चनपुर
एनपी साउद – अछाम
चित्रलेखा यादव – सप्तरी

जिल्लातहका नेताहरुले हरेक जिल्लामा समन्वय गरेर विरोध कार्यक्रमलाई सशक्त बनाउने पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ । 

के हुन् नारा ? 
कांग्रेसले विभिन्न १० वटा नारा तय गरेको छ । 
१, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल – जिन्दावाद जिन्दावाद
२, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद
३, सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दावाद
४, तनहुँमा भएको दुर्व्यवहार – अपमान र अत्याचार
५, बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार
६, चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार
७, अति भो अति भो – मुलुककै छवि क्षति भो 
८, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा
९, औषधि छैन, मल छैन – सत्ताको लडाई लाज छैन ?
१०, नेपाली कांग्रेस जिन्दावाद – लोकतान्त्रिक समाजवाद जिन्दावाद

प्रतिक्रिया