Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आकर्षक तलब सहित वैदेशिक रोजगारीको प्रलोभनमा पारी मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

आकर्षक तलब सहित वैदेशिक रोजगारीको प्रलोभनमा पारी मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याएर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ स्थायी घर भएका गणेश कुमार लोंवा र  सिन्धुपाल्चोककी अनिता तामाङ भनिने अनिता सुनुवार रहेको मानव वेचविखन अनुसन्धान व्युराले जनाएको छ । 

उनीहरु मध्य लांवालाई व्यूरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले मंसिर १६ गते महाराजगञ्ज पानिपोखरीबाटे पक्राउ गरेको थियो भने उक्त मुद्दामा फरार रहेका प्रतिवादी मध्येकी अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा आज चावहिल कुमारीगाल क्षेत्रबाट पक्राउ परेको व्युरोले जनाएको छ । 

उनीहरुले ५ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मुलुक (दुवई कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म पुरÞ्याई बिक्री गरेको मानव वेचविखन अनुसन्धान व्युरोले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

उनीहरुले आकर्षक तलबको प्रलोभन देखाएर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४, ५ महिनासम्म बन्धक बनाइराखेको थिए । 

बेचिएका नेपालीले कोही नभएको मौका पारी भागेर नेपाली दूतावासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएको र नेपालबाट नै पीडितहरुले दिएको जाहेरीको आधारमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको व्युरोले जनाएको छ ।

प्रतिक्रिया