Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डोटीमा क्वारेन्टिन स्थापना गरीएको विद्यालयमा आगलागी, १५ लाखको क्षति

डोटीमा क्वारेन्टिन स्थापना गरीएको विद्यालयमा आगलागी, १५ लाखको क्षति

डोटी- डोटीको केआइसिंह गाउँपालिकास्थित एक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा आगलागी भएको छ। वडा नम्वर ६ मा मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टिमा राखिएको छ। क्वारेन्टिनमा सुरक्षाका लागि खटिएका प्रहरीले आगलागी भएको देखेपछि स्थानीयबासी, क्वारेन्टिनमा बसेका स्थानीय र प्रहरी सहितको टोलीले आगो नियन्त्रणमा लिएका छन्। 

आगलागीबाट विद्यालयको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २ थान, प्रिन्टर १, ई–हाजिरी मेशिन १ थान लगाएतका मेशिनरी सामानहरु तथा फर्निचरहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताए। त्यसैगरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तकहरु पनि जलेर नष्ट भएको उनको भनाइ छ।  दिनेश खबर बाट

प्रतिक्रिया