Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सिज भयो नेकपाको इन्जिन - काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

सिज भयो नेकपाको इन्जिन  - काँग्रेस प्रवक्ता  विश्वप्रकाश शर्मा

प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इन्जिन सिज भएको बताएका छन् । हेटौडामा सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पेट्रोल र डिजल मिसाएर चलाइएको नेकपाको इन्जिन सिज भएको भन्दै व्यग्य गरेका छन्  । 

उनले कोरोना महामारीका बेला नेकपाको सरकार बालुवाटारमा घाम तापेर सत्ताको खेल खेलेको आरोप लगाएका छन् । प्रवक्ता शर्माले सरकारले वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्रचार गरेको भन्दै नेकपाको सरकारले कात्रोमा समेत भ्रष्ट्रचार गरेको बताए । सरकार सर्बसत्तावाद तिर गएको आरोप लगाउदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रकरणमा सरकारले सुतेको बाधलाई जगाएको बताए । काँग्रेस बन्दुक उठाउने कुरामा पनि जेठो भएको भन्दै २०१८ सालमा राजा महेन्द्र चढेको गाडीमा आक्रमण गरेको स्मरण गरेका थिए ।

अहिले सरकारको निराशालाई व्यवस्थाप्रतिको उदासीनताको रुपमा व्याख्या गरिएको भन्दै अब राजा आउन नसक्ने बताए । प्रवक्ता शर्माले कोरोना कहरका बेला विदेशमा रहेका नेपालीको समयमा उद्धार गर्न नसेको, व्यापारी र किसानका समस्याको समस्या समाधान गर्न चुकेको आरोप लगाए । उनले देश अहिले संकटमा रहेको भन्दै काँग्रेसले हरेक संकटको बेला नेतृत्व गरेको र अहिले पनि देशको नेतृत्व गर्न अग्रसर भएको बताए ।         

प्रतिक्रिया