ताजा अपडेट
राष्ट्रपतिलाई त लाञ्छना लगाइन्छ भ न्दै ओलि ले सुसनको परिवारलाई दिए सान्त्वना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै विवादमा पारिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। प्रधानमन्त्रीसँग उनीहरुले आइतबार डेढ घण्टा भेट गरेको कर्माचार्यको पति लक्ष्मण कृष्ण राजभण्डारीले जानकारी दिएका छन्।
सो परिवारले कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत लामाको बीचमा रहेको विवादमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको र आफूहरुको परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा छलफल गरेको थियो।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई त लाञ्छना लगाइने भएकाले हल्लाको पछि लाग्न नहुने भन्दै सान्त्वना दिएका थिए। '(प्रधानमन्त्रीले) देशमा राष्ट्रपति जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरीको लाञ्छना लगाइन्छ। त्यसैले यसको (हल्लाको) पछाडि लाग्नू हुन्न भनेर सम्झाउनुभयो', राजभण्डारीले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्रीले नेपालमा नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्ने भएकाले त्यसको पछि नलाग्न सुझाएका थिए। 'गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो', उनले लेखेका छन्।
प्रधानमन्त्रीले लामाले आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाब दिएको पनि स्मरण गरेका थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया