Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

राष्ट्रपतिलाई त लाञ्छना लगाइन्छ भ न्दै ओलि ले सुसनको परिवारलाई दिए सान्त्वना

राष्ट्रपतिलाई त लाञ्छना लगाइन्छ भ न्दै ओलि ले सुसनको परिवारलाई दिए सान्त्वना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै विवादमा पारिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। प्रधानमन्त्रीसँग उनीहरुले आइतबार डेढ घण्टा भेट गरेको कर्माचार्यको पति लक्ष्मण कृष्ण राजभण्डारीले जानकारी दिएका छन्।

सो परिवारले कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत लामाको बीचमा रहेको विवादमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको र आफूहरुको परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्‍याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा छलफल गरेको थियो।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई त लाञ्छना लगाइने भएकाले हल्लाको पछि लाग्न नहुने भन्दै सान्त्वना दिएका थिए। '(प्रधानमन्त्रीले) देशमा राष्ट्रपति जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरीको लाञ्छना लगाइन्छ। त्यसैले यसको (हल्लाको) पछाडि लाग्नू हुन्न भनेर सम्झाउनुभयो', राजभण्डारीले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्रीले नेपालमा नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्ने भएकाले त्यसको पछि नलाग्न सुझाएका थिए। 'गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो', उनले लेखेका छन्। 

प्रधानमन्त्रीले लामाले आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाब दिएको पनि स्मरण गरेका थिए।

प्रतिक्रिया