Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर - चितवन

मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर - चितवन

मालपोत कार्यालय, भरतपुर चितवनमा करोडौँ राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष ०७३/७४ तथा ०७४/७५ को करिब साढे सात करोड राजस्व हिनामिना भएको हो । 

लेखा अधिकृत रिठ्ठे दर्जी, लेखापाल बलराम सापकोटा तथा नासु मनोज निरौलाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । 
तीनजनाविरुद्ध छुट्टाछुट्टै बिगो र सजाय माग गरी मुद्दा दायर गरिएको छ । 

सबैभन्दा धेरै लेखा अधिकृत दर्जीले हिनामिना गरेको आयोगले जनाएको छ । 

उनले सात करोड आठ लाख १७ हजार ३७ रुपैयाँ हिनामिना गरेका थिए । कार्यालयले उठाएको राजस्व बैंकमा दाखिला गरेको देखाउन उनले बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेका थिए । 

आन्तरिक लेखापरीक्षका क्रममा पैसा बैंकमा नदेखिएपछि उनले दुई करोड ५८ लाख तीन हजार दुई सय ३१ रुपैयाँ दाखिला गरेका थिए । 

बाँकी चार करोड ५० लाख १३ हजार आठ सय ६ रुपैयाँ असुल हुनुपर्ने मागसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।   

लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझेको ५८ लाख ४३ हजार आठ सय ६ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ ।  
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले उनीउपर जेल सजाय र सो राजस्व असुलरउपरको मागसहित मुद्दा दायर भएको छ ।  

नायब सुब्बा पदमा कार्यरत मनोजकुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व  चार लाख ७१ हजार ६ सय १८ रुपैयाँ मिनामिना गरेका थिए । 

प्रतिक्रिया

ट्रेन्डिङ