Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर - चितवन

मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर - चितवन

मालपोत कार्यालय, भरतपुर चितवनमा करोडौँ राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष ०७३/७४ तथा ०७४/७५ को करिब साढे सात करोड राजस्व हिनामिना भएको हो । 

लेखा अधिकृत रिठ्ठे दर्जी, लेखापाल बलराम सापकोटा तथा नासु मनोज निरौलाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । 
तीनजनाविरुद्ध छुट्टाछुट्टै बिगो र सजाय माग गरी मुद्दा दायर गरिएको छ । 

सबैभन्दा धेरै लेखा अधिकृत दर्जीले हिनामिना गरेको आयोगले जनाएको छ । 

उनले सात करोड आठ लाख १७ हजार ३७ रुपैयाँ हिनामिना गरेका थिए । कार्यालयले उठाएको राजस्व बैंकमा दाखिला गरेको देखाउन उनले बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेका थिए । 

आन्तरिक लेखापरीक्षका क्रममा पैसा बैंकमा नदेखिएपछि उनले दुई करोड ५८ लाख तीन हजार दुई सय ३१ रुपैयाँ दाखिला गरेका थिए । 

बाँकी चार करोड ५० लाख १३ हजार आठ सय ६ रुपैयाँ असुल हुनुपर्ने मागसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।   

लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझेको ५८ लाख ४३ हजार आठ सय ६ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ ।  
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले उनीउपर जेल सजाय र सो राजस्व असुलरउपरको मागसहित मुद्दा दायर भएको छ ।  

नायब सुब्बा पदमा कार्यरत मनोजकुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व  चार लाख ७१ हजार ६ सय १८ रुपैयाँ मिनामिना गरेका थिए । 

प्रतिक्रिया