Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुरक्षित राख्नु भन्ने आदेश दिईएको उत्तर पुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना

सुरक्षित राख्नु भन्ने आदेश दिईएको उत्तर पुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना

आदेश पालना नगरेको बताउँदै राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण आयोगले जरिवाना गरेको हो ।

आयोगले उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिएको थियो । जरिवाना गराउने आदेशमा शिक्षाध्यक्षको नाम उल्लेख छैन । तर, आयोगले आदेश दिएको मितिमा शिक्षाध्यक्ष रहेका प्रा.डा. शिवलाल भुसालले जिम्मेवारी लिनुपर्नेछ ।

आयोगको आदेश त्रिविका शिक्षाध्यक्षले उल्लंघन गरेका कारण कारबाहीको निर्णय भएको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले बताए । ‘क्वान्टम मेकानिक्स’ विषयका विद्यार्थी आशिष पौडेलको पुनरावेदनमा आयोगले आदेश गरेको थियो । पौडेलले सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए । रिटको जवाफमा त्रिविले उत्तरपुस्तिका धुल्याइसकेको जवाफ पठाएको थियो । सुरक्षित राख्न दिएको आदेशविपरीत धुल्याएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले ६ चैत ०७६ मा उत्तरपुस्तिकासहितको कागजात संरक्षण गर्न त्रिविलाई आदेश दिएको थियो । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश्न सोधिएको बताउँदै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । उक्त परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया