Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुरक्षित राख्नु भन्ने आदेश दिईएको उत्तर पुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना

सुरक्षित राख्नु भन्ने आदेश दिईएको उत्तर पुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना

आदेश पालना नगरेको बताउँदै राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण आयोगले जरिवाना गरेको हो ।

आयोगले उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिएको थियो । जरिवाना गराउने आदेशमा शिक्षाध्यक्षको नाम उल्लेख छैन । तर, आयोगले आदेश दिएको मितिमा शिक्षाध्यक्ष रहेका प्रा.डा. शिवलाल भुसालले जिम्मेवारी लिनुपर्नेछ ।

आयोगको आदेश त्रिविका शिक्षाध्यक्षले उल्लंघन गरेका कारण कारबाहीको निर्णय भएको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले बताए । ‘क्वान्टम मेकानिक्स’ विषयका विद्यार्थी आशिष पौडेलको पुनरावेदनमा आयोगले आदेश गरेको थियो । पौडेलले सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए । रिटको जवाफमा त्रिविले उत्तरपुस्तिका धुल्याइसकेको जवाफ पठाएको थियो । सुरक्षित राख्न दिएको आदेशविपरीत धुल्याएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले ६ चैत ०७६ मा उत्तरपुस्तिकासहितको कागजात संरक्षण गर्न त्रिविलाई आदेश दिएको थियो । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश्न सोधिएको बताउँदै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । उक्त परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ