ताजा अपडेट
डोटीको बोगटान फुड्सिलमा कालिज पालन
बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौंमा व्यावसायिक काजिल पालन सुरु गरिएको छ।
स्थानीय युवा देवबहादुर बोहरासहितका चारजनाले संयुक्त रुपमा २१ लाख ९७ हजारको लागतमा कालीज बहुउद्देश्यीय फर्म सुरु गरेका हुन्। ५०० वटा चल्ला राखेर सुरुवात गरेको उक्त फर्मबाट छिट्टै ह्याचरी पनि सुरु गर्ने सञ्चालक बोहराले जानकारी दिए।
फर्मको थप बिस्तारका क्रममा शहरमा रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताउँछन्। बोहराले भने, ‘यहाँ हुर्काउने, पालन गर्ने कार्य हुन्छ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गछौँ।’ बोहराको फर्ममा अहिले चारजना युवाले रोजगारी पाएका छन्।
एक किलोभन्दा बढी तौल भएको एउटा भाले कालिज तीन हजार रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया