Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक विमोचन

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक विमोचन

कर्मचारी संगमको प्रकाशन अछामआँखिझ्याल नामक पुस्तक आज विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो । विमोचनका क्रममा कुँवरले अछाम आँखिझ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो ।

कर्मचारी संगम अछामका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पुस्तकका बारेमा जानकारी गराउनु भएको थियो । पुस्तकमा विभिन्न क्षेत्रका २१ लेख र फोटोहरू प्रकाशित गरिएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख चुडामणि पराजुली, पत्रकार शिवराज ढुंगानाले मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र सामाजिक कार्यालय प्रमुख नयाँ आएको भन्दै स्वागत गरिएको थियो । संगमका उपाध्यक्ष खड्गबहादुर विष्टको स्वागत मन्तव्यबाट शूरू भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देवसिंह बडालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया