ताजा अपडेट
आजदेखि काठमाडौं–दिल्ली उडान
नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनकाअनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ। करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ।
त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किनेछ। कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्धिपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्र्तराष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो।
कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया