Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आजदेखि काठमाडौं–दिल्ली उडान

आजदेखि काठमाडौं–दिल्ली उडान

नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनकाअनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ।  करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ। 

त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किनेछ। कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्धिपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्र्तराष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो। 

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो। 

प्रतिक्रिया