Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नायिका एलिजा गौतम ७७ जिल्लामा ७७० घर बनाउने तयारीमा

नायिका एलिजा गौतम ७७ जिल्लामा ७७० घर बनाउने तयारीमा

७७ जिल्लामा ७७० घर बनाउँदै पुस २ काठमाडौं नायिका एलिजा गौतम सामाजिक कार्यमा सक्रिय हुन थालेकी छ । एलिजा फाउन्डेसनद्वारा धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गरेकी हुन् । एलिजाले सामाजिक कार्यको लागि स्थापना गरेकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिएकी हुन् ।

‘आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरू सबैमा मेरो सादर नमस्कार ! सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित दलिजा फाउन्डेसनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरूको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरू निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ' उनले सामाजिक सन्जाल फेसबुकमा लेखेकी छ्न् 'यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौँ । फाउन्डेसनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाए र यस सामाजिक कार्यको लागि सहकार्य गरौँ । अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ? भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान् कार्यको लागि तयार भएका छौँ ।’

यसअघि पनि धेरै असाहयको सारथि बनेकी नायिका गौतम देशैभर अभियान सन्चालन गर्न थालेकी हुन् ‘यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौँ । हजुरहरूको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’ उनले लेखेकी छन । 

 

प्रतिक्रिया