ताजा अपडेट
नायिका एलिजा गौतम ७७ जिल्लामा ७७० घर बनाउने तयारीमा
७७ जिल्लामा ७७० घर बनाउँदै पुस २ काठमाडौं नायिका एलिजा गौतम सामाजिक कार्यमा सक्रिय हुन थालेकी छ । एलिजा फाउन्डेसनद्वारा धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गरेकी हुन् । एलिजाले सामाजिक कार्यको लागि स्थापना गरेकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिएकी हुन् ।
‘आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरू सबैमा मेरो सादर नमस्कार ! सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित दलिजा फाउन्डेसनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरूको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरू निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ' उनले सामाजिक सन्जाल फेसबुकमा लेखेकी छ्न् 'यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौँ । फाउन्डेसनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाए र यस सामाजिक कार्यको लागि सहकार्य गरौँ । अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ? भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान् कार्यको लागि तयार भएका छौँ ।’
यसअघि पनि धेरै असाहयको सारथि बनेकी नायिका गौतम देशैभर अभियान सन्चालन गर्न थालेकी हुन् ‘यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौँ । हजुरहरूको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’ उनले लेखेकी छन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया