Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १० असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीमा अखाद्य सामग्री बेच्‍ने  ४ जनालाई जरिवाना

बैतडीमा अखाद्य सामग्री बेच्‍ने  ४ जनालाई जरिवाना

बैतडी- बैतडीमा बजार अनुगमन गर्दा करिब ४ लाख  बराबरको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरिएको छ।

जिल्लास्थित सरोकारवालाहरुको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ३ लाख ७६ हजार बढीको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिइन्।

जिल्लाका ५ स्थानीय तहका करिब १ दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरि नष्ट गरिएको उनले बताइन्।  गत जेठ ३२ गतेदेखि सुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका,सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारहरुमा सम्पन्न भएको हो।

 जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारहरुमा पनि निरन्तर रुपमा अनुगमन गरिने जनाइएको छ।  यस्तै, अनुगमनका क्रममा ४ जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए।  अनुगमन टोली पुग्नेबितिक्कै पसल बन्द गर्ने, जफत गरेको सामान पुन बिक्री गर्न पाउनुपर्ने, टोलीमाथि दुर्व्यवहारको प्रयास गर्नेहरुलाई  १ हजारदेखि ३ हजार ५ सय जरिवाना गरिएको उनले बताए।  

म्याद नाघेका अखाद्य सामग्री विक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिईएको छ। यसका साथै उपभोक्ता अधिकारका बिषयमा व्यापारी र नागरिकहरुलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए।

धेरै ठाउँमा पिठो, सोयाबडी, ड्राईफुडलगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरेको लेखकले जानकारी दिए। यस्तै दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने समान खरीद विक्रि गर्दा मिति हेरेर मात्र खरीद विक्रि गर्न टोलीले आग्रह गरेको छ।
 

प्रतिक्रिया