Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बैतडीमा अखाद्य सामग्री बेच्‍ने  ४ जनालाई जरिवाना

बैतडीमा अखाद्य सामग्री बेच्‍ने  ४ जनालाई जरिवाना

बैतडी- बैतडीमा बजार अनुगमन गर्दा करिब ४ लाख  बराबरको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरिएको छ।

जिल्लास्थित सरोकारवालाहरुको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ३ लाख ७६ हजार बढीको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिइन्।

जिल्लाका ५ स्थानीय तहका करिब १ दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरि नष्ट गरिएको उनले बताइन्।  गत जेठ ३२ गतेदेखि सुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका,सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारहरुमा सम्पन्न भएको हो।

 जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारहरुमा पनि निरन्तर रुपमा अनुगमन गरिने जनाइएको छ।  यस्तै, अनुगमनका क्रममा ४ जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए।  अनुगमन टोली पुग्नेबितिक्कै पसल बन्द गर्ने, जफत गरेको सामान पुन बिक्री गर्न पाउनुपर्ने, टोलीमाथि दुर्व्यवहारको प्रयास गर्नेहरुलाई  १ हजारदेखि ३ हजार ५ सय जरिवाना गरिएको उनले बताए।  

म्याद नाघेका अखाद्य सामग्री विक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिईएको छ। यसका साथै उपभोक्ता अधिकारका बिषयमा व्यापारी र नागरिकहरुलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए।

धेरै ठाउँमा पिठो, सोयाबडी, ड्राईफुडलगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरेको लेखकले जानकारी दिए। यस्तै दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने समान खरीद विक्रि गर्दा मिति हेरेर मात्र खरीद विक्रि गर्न टोलीले आग्रह गरेको छ।
 

प्रतिक्रिया