Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सामुदायिक रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

सामुदायिक रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

 पौष ३ अछाम

सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन १३ औँ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो ।

महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियो रामारोशनले पुन थप समाबेशी कार्यक्रमका साथ आफनो आगामि योजनालाई निरन्तरता दिने निर्देशक बुढाले जानकारी दिनु भएको छ । रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुर्ण स्रोता, विज्ञापनदाता र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै अध्यक्ष निर्देशक बुढाले रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ १३ बर्ष पुरा गरेको बताउनु भयो । अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा तथा २०७६ चैत्र ११ गतेपछी नेपालमा कोरोना भाईरसको संक्रमण तथा जोखिम बढेपछी नियन्त्रण तथा समुदाय स्तरमा फैलिन नपाओस भनेर समाचार, सुचना तथा सन्देश प्रशारण गरेर महत्वपुर्ण योगदान दिईरहेको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो । साथै रेडियो रामारोशनले आगामि दिनमा छाउपडी कुप्रथा मान्ने चलनको अन्त्य महिला तथा बालबालिका माथि हुने हिसां न्युनिकरणका लागी वकालत तथा पैरवी, बाल विवाह, बुह विवाह, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला तथा सबै तहका सरकारसँगको सहकार्य लाई अघि सारेको बुढाले बताउनु भयो ।

२०७४ सालमा स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन भएपछि यतिबेला स्थानिय सरकारसँग सम्बन्ध कसीलो बन्दै गएकाले समाजिक बिसँगती विकृति, बिकास निर्माणमा पारदर्शिताका लागि खबरदारि सहित वकालत र पैरवी भईरहेको स्टेशन म्यानेजर चन्द्र बहादुर थापाले बताउनु भयो । १३ बर्ष अघि भाषा कला, संस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० सालमै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक सबै भन्दा ठुलो धनराशि तथा उपाधि भएको क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको सहायक स्टेशन म्यानेजर कमल कुमार रावलले बताउनु भयो । साथै विश्वभरि फैलिरहेको कोरोनाभाईरसको संक्रमण तथा जोखिम न्युनिकरणका लागी सचेतना जगाउन रेडियोले महत्वपुर्ण खेलेको रावलले बताउनु भयो ।

२०७६ चैत्र ११ गतेपछी भएको लकडाउन तथा अहीले संक्रमण तथा जोखिम बढिरहेका बेला अहीले पनी अझै समुदाय स्तरमा संक्रमण नफैलीयोस तथा स्थानिय तहलाई जिम्मेवारी बनाउदै नियमीत खबरदारी सहीत नियमीत संवाद, समाचार, सुचना, सन्देश मार्फत सचेतना जगाउने कार्य भईहरको उहाँले बताउनु भयो । हाल रेडियो रामारोशनलाई स्थानिय, प्रदेश सरकार, अछाम जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, एनेन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्रको सहयोग रहदै आएको छ ।

रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसकेतापनी आफना स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाहलाई टेलिफोन मार्फत कुराकानी गर्दै कार्यक्रमको रुपमा प्रशारण गर्ने रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया