Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

उपमेयरको शौचालयमा बालिका बन्धक भेटिएको घटना रहस्यमय बन्दै

उपमेयरको शौचालयमा बालिका बन्धक भेटिएको घटना रहस्यमय बन्दै

महोत्तरीमा उपमेयरका पतिद्वारा १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपको घटना रहस्यमय बन्दै गएको छ। मनरा शिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा बुधबार राति ८ बजे स्थानीय १३ वर्षीया एक बालिका हातखुट्टा बाँधेको अवस्थामा फेला परेकी थिइन्। सरपल्लो प्रहरी चोकीका इन्चार्ज असई रामईश्वर महतोका अनुसार बालिकालाई हातखुट्टा बाँधेको अवस्थामा उद्धार गरिएको थियो।

बालिकाले आफूलाई स्थानीय गिना बैठाले मुख थुनेर ल्यएको र उपमेयरका पति विनोद गामी र अर्का परीक्षण भन्ने एक स्थानीयले हातखुट्टा बाँधी शौचालयमा बन्धक बनाएको प्रहरीलाई बयान दिएकी छन्। तर, बालिकाले आफूलाई बालत्कार गरेको वा गर्ने प्रयास गरेको विषयमा केही नभनेको असई महतोको भनाइ छ।

यद्यपि बालिकाको घरपरिवारले भने छोरीलाई अपहरण गरी उपमेयरको पतिले शौचायलमा हातखुट्टा बाध्येर, मुखमा कपडा कोचेर बलात्कारको प्रयास गरेको आरोप लगाएका छन्।

घटनास्थल मनरासिसवा नगरपालिका–७ मा रहेको उपमेयरको बाघारा अर्थात दलान भएको शौचालयमा भएको हो। घटना भएको घरको विपरीत सडक पारी अर्को घरमा आफुहरु बस्ने गरेको उपमेयर रमिता प्रधानले बताइन्। जुन वडा नं. ६ मा पर्छ।

बालिका साँझ ७ बजे साथीको घरबाट फर्किरहेको बेला गिना बैठाले अपहरण गरेको पीडित परिवारको आरोप छ।

बालिकालाई शौचालयबाट उद्धार गरी प्रहरीले तत्कालै जलेश्वर अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएको थियो। घटना विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालयका एसपी विदामा छन् भने डीएसपीले फोन उठाउने गरेका छैनन्।

यता प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले घटना विषयमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरिरहेको र अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताए।

घटनका आरोपी विनोद गामीले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रतिशोधको कारण आफूलाई बदनाम गरी चरित्र हत्या गर्न खोजको दावी गरेका छन्। उनले आफू दोषी भए कारबाहीका लागि तयार रहेको समेत नेपालखबरलाई बताए।

 मेरो पति निर्दोष छन्, दोषीमाथि कारबाही हुनुपर्छ : उपमेयर प्रधान

उपमेयर प्रधानले साँझ साढे ७ बजे सरपल्लोचोकमा एक बैठकबाट आफू श्रीमान र परीक्षणसँगै घर फकिँदा बालिका आफ्नी आमासँगै घर अगाडि आगो (घुर) तापिरहेको देखेको बताइन्।

‘हामी तीनैजना घर फर्किदा बालिका आमासँगै घुर तापिरहेकी थिइन्। एकैछिनमा बालिकाकी आमा छोरीको अपहरण भयो भनेर कराउन थालिन्’ उपमेयर प्रधानले नेपालखबरसँग भनिन्, ‘तुरन्तै केही मान्छे जम्मा भए। प्रहरी आयो। मेरो बघाराको शौचालयबाट ती बालिका हातमुख बाँधेको अवस्थामा भेटिइन्। हामी पनि अच्चमित भयौं। त्यतिबेला पनि हामी श्रीमानश्रीमती र परीक्षणसँगै थियौं।’

जुन शौचायमा बालिका हातमुख बाँधेको अवस्थामा फेला परिन् त्यो शौचालय आफूहरु प्रयोगसमेत नगरेको उपमेयरको भनाइ छ। बालिकालाई सडकबाटै मुख थुनेर लगेकी आरोप लागेका गिना बैठा उपमेयर प्रधानको घरमा भान्छे हुन्।

‘छिमेक जीवोदेवीको परिवारिक विवाद छ। हामी पटक–पटक छलफल गरेका छौं। त्यसैलाई रिसिइबी बनाइ आफ्नै छोरीलाई मेरो शौचालयमा लगेर बन्धक बनाएर मेरो श्रीमानमाथि बलात्कार प्रयासको आरोप लगाएकी हुन्’, उपमेयर प्रधानले भनिन्, ‘मत न्यायिक समिति प्रमुख छु। कुनै पनि महिलाले आफ्नो आँखा अगाडि पतिले कुनै बालिका वा महिलामाथि बलात्कार प्रयास गरेको सहन्छ र?’

आफ्नो पतिको राजनीतिक छवि धुमिल्याउन र चरित्रहत्या गर्ने अभिप्रायले फसाउन खोजको उपमेयरको दावी छ। फसाउने कार्यमा सरपल्लो प्रहरी चोकीका असई महतोको पनि संलग्नता रहेको उपमेयर प्रधानले आरोप लगाइन्।

उनले घटनालगत्तै आफूले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको बताइन्।

प्रतिक्रिया