Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कसको इजाजत लिएर शीतलनिवास जानुभो ? भीम रावललाई केपी ओलीको प्रश्न

कसको इजाजत लिएर शीतलनिवास जानुभो ? भीम रावललाई केपी ओलीको प्रश्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् । बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए । 

बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पुर्‍याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए । अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे । 

प्रतिक्रिया