Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कसको इजाजत लिएर शीतलनिवास जानुभो ? भीम रावललाई केपी ओलीको प्रश्न

कसको इजाजत लिएर शीतलनिवास जानुभो ? भीम रावललाई केपी ओलीको प्रश्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् । बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए । 

बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पुर्‍याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए । अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे । 

प्रतिक्रिया