ताजा अपडेट
जिल्ला प्रशासन कार्यालय अछामद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
पुस ३ , अछाम
जिल्ला प्रशासन कार्यालय अछामले नियमित गरिरहेको पत्रकार भेटघाट कार्यक्रम “मिट द प्रेस” शुक्रबार सम्पन्न भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा भएका विभन्न गतिविधि , समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारीको रुपमा अछाम आए लगत्तै नागरिकता सचेतना अभियान सञ्चालन गर्नुभएका प्रजिअ उपाध्यायले हालसम्म ६ हजारभन्दा बढिलाई सचेतना गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिने व्यक्ति र तिनका अभिभावकलाई बधाई दिँदै नागरिकताको महत्व , आवश्यक्ता तथा सदुपयोगको बारेमा सचेतना गरिँदै आएको उहाँले बताउनु भयो ।
पुस १ गतेबाट जिल्ला प्रशासन कार्यालयमा आउने ६० वर्षमाथिका आर्थिक अवस्था कमजोर भएका सेवाग्राहिलाई कम्मल वितरण अभियानको समेत सुरुवात गरिएको उहाँले बताउनु भयो । आवश्यक नठानिएका विभिन्न शिर्षकको रकमको सदुपयोग गरि उक्त अभियान संचालन गरिएको उहाँले बताउनु भयो ।
यसअघि “मिट द प्रेस”मा पत्रकारले दिएका सुझावलाई मनन गर्दै ट्राफिक सक्रियता , काठको अवैध कारोबार नियन्त्रण ,डा“फे कस्तुरी , वन्यजन्तु ,जडिबुटिको तस्करी नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिएको उहाँले बताउनु भयो । साथै बजार अनुगम ,विकास आयोजनाको अनुगमन , प्रहरी युनिट अनुगमन, सरकारी कार्यालयको अनुगमन , जिल्लाका विभिन्न ठाउँमा रहेका नदिनालाबाट अवैध तरिकाले बेचबिखन हुने ढुंगा , गिट्टी , बालुवा अनुगमन गरिएको प्रजिअ उपाध्यायले बताउनु भयो । जिल्लामा निर्माणको क्रममा रहेका विभिन्न योजना तथा आयोजनाको बारेमा ठेकेदारहरुसँग छलफल गरिएको जानकारी दिनुभयो । कार्याक्रममा कार्यालयबाट गरिने विभिन्न सेवा प्रवाहको बारेका समेत उहाँले जानकारी दिनुभयो ।
गत वर्षदेखि सन्चालन भएको छाउगोठ भत्काउने अभियानको निरन्तरता , अहिलेको अवस्था र थप गतिविधि अगाडी बढाउन पत्रकारहरुले सुझाव दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना ,प्रहरी नायब उपरिक्षक (डियसपी) योगेन्द्र सिंह थापा ,विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया