Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जिल्ला प्रशासन कार्यालय अछामद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय अछामद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

पुस ३ , अछाम

जिल्ला प्रशासन कार्यालय अछामले नियमित गरिरहेको पत्रकार भेटघाट कार्यक्रम “मिट द प्रेस” शुक्रबार सम्पन्न भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा भएका विभन्न गतिविधि , समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारीको रुपमा अछाम आए लगत्तै नागरिकता सचेतना अभियान सञ्चालन गर्नुभएका प्रजिअ उपाध्यायले हालसम्म ६ हजारभन्दा बढिलाई सचेतना गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिने व्यक्ति र तिनका अभिभावकलाई बधाई दिँदै नागरिकताको महत्व , आवश्यक्ता तथा सदुपयोगको बारेमा सचेतना गरिँदै आएको उहाँले बताउनु भयो ।

पुस १ गतेबाट जिल्ला प्रशासन कार्यालयमा आउने ६० वर्षमाथिका आर्थिक अवस्था कमजोर भएका सेवाग्राहिलाई कम्मल वितरण अभियानको समेत सुरुवात गरिएको उहाँले बताउनु भयो । आवश्यक नठानिएका विभिन्न शिर्षकको रकमको सदुपयोग गरि उक्त अभियान संचालन गरिएको उहाँले बताउनु भयो ।

यसअघि “मिट द प्रेस”मा पत्रकारले दिएका सुझावलाई मनन गर्दै ट्राफिक सक्रियता , काठको अवैध कारोबार नियन्त्रण ,डा“फे कस्तुरी , वन्यजन्तु ,जडिबुटिको तस्करी नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिएको उहाँले बताउनु भयो । साथै बजार अनुगम ,विकास आयोजनाको अनुगमन , प्रहरी युनिट अनुगमन, सरकारी कार्यालयको अनुगमन , जिल्लाका विभिन्न ठाउँमा रहेका नदिनालाबाट अवैध तरिकाले बेचबिखन हुने ढुंगा , गिट्टी , बालुवा अनुगमन गरिएको प्रजिअ उपाध्यायले बताउनु भयो । जिल्लामा निर्माणको क्रममा रहेका विभिन्न योजना तथा आयोजनाको बारेमा ठेकेदारहरुसँग छलफल गरिएको जानकारी दिनुभयो । कार्याक्रममा कार्यालयबाट गरिने विभिन्न सेवा प्रवाहको बारेका समेत उहाँले जानकारी दिनुभयो ।

गत वर्षदेखि सन्चालन भएको छाउगोठ भत्काउने अभियानको निरन्तरता , अहिलेको अवस्था र थप गतिविधि अगाडी बढाउन पत्रकारहरुले सुझाव दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना ,प्रहरी नायब उपरिक्षक (डियसपी) योगेन्द्र सिंह थापा ,विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया