Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

अछाम :

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्लामा हुने आपराधिक तथा अवैध गतिविधि रोक्न क्रियाशील हुने बताएका छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा उनले विकास निर्माणका कामको पनि प्रभावकारी अनुगमन गरिने जानकारी दिएका छन्। पत्रकार भेटघाटका क्रममा प्रजिअ उपाध्यायले जिल्लामा भएका विभिन्‍न गतिविधि, समस्या र समसामयिक विषयमा पनि छलफल गरेका थिए। प्रजिअको जिम्मेवारी लिएर अछाम आएलगत्तै नागरिक सचेतना अभियान सञ्‍चालन गरिएको पनि उपाध्यायले जानकारी दिए।

'जिल्लामा ट्राफिक नियमसम्बन्धी सक्रियता, काठको अवैध कारोबार नियन्त्रण, डाँफे, कस्तुरीसहितका वन्यजन्तु र जडीबुटी तस्करी नियन्त्रणका लागि विभिन्‍न प्रयास भइरहेका छन्', उनले भने, 'बजार, पसल, विकास आयोजना, प्रहरी युनिट र सरकारी कार्यालय अनुगमन गरिरहेका छौं। जिल्लाका नदीनालाबाट अवैधरुपमा हुने ढुंगा, गिट्टी, बालुवा दोहन रोक्न पनि प्रशासन सक्रिय छ।' जिल्लामा निर्माणाधीन विकास आयोजनाबारे निर्माण व्यवासयीहरुसँग छलफल गरिएको पनि प्रजिअ उपाध्यायले जानकारी दिएका छन्। कार्यक्रममा प्रशासनबाट गरिने सेवा प्रवाहको विवरण पनि उनले पत्रकारलाई दिएका छन्। हालसम्म ६ हजारभन्दा बढी नागरिकमाझ सचेतना अभियान पुर्‍याइएको पनि उनले बताएका छन्।

जिल्लाबाट नागरिकता लिने नागरिक र तिनका अभिभावकलाई बधाई दिँदै उनले नागरिकताको महत्व, आवश्यक्ता र सदुपयोगबारे सचेतना अभियान चलाइएको बताए। पुस १ गतेबाट प्रशासनमा सेवा आउने ६० वर्षमाथिका गरिब तथा विपन्‍न नागरिकलाई न्यानोका लागि कम्मल वितरण थालिएको उनले बताए। प्रजिअ उपाध्यायले आवश्यक नठानिएका विभिन्‍न शीर्षकका रकम सदुपयोग गरि उक्त अभियान थालिएको जानकारी दिए। पत्रकारहरुले दिएका सुझावलाई मनन गर्दै आफू अघि बढ्ने प्रतिवद्धता पनि उनले गरेका छन्। गत वर्षदेखि थालिएको छाउगोठ भत्काऊ अभियानलाई निरन्तरता दिने उनले बताए। कार्यक्रममा अहिलेको जटिल अवस्थामा अझै प्रभावकारी सेवा दिन पत्रकारहरुले सुझाव दिएका थिए। पत्रकार भेटघाटका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना, प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापा र विभिन्‍न सञ्‍चारमाध्यमका पत्रकारहरु उपस्थित थिए।

प्रतिक्रिया