Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

अछाम :

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्लामा हुने आपराधिक तथा अवैध गतिविधि रोक्न क्रियाशील हुने बताएका छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा उनले विकास निर्माणका कामको पनि प्रभावकारी अनुगमन गरिने जानकारी दिएका छन्। पत्रकार भेटघाटका क्रममा प्रजिअ उपाध्यायले जिल्लामा भएका विभिन्‍न गतिविधि, समस्या र समसामयिक विषयमा पनि छलफल गरेका थिए। प्रजिअको जिम्मेवारी लिएर अछाम आएलगत्तै नागरिक सचेतना अभियान सञ्‍चालन गरिएको पनि उपाध्यायले जानकारी दिए।

'जिल्लामा ट्राफिक नियमसम्बन्धी सक्रियता, काठको अवैध कारोबार नियन्त्रण, डाँफे, कस्तुरीसहितका वन्यजन्तु र जडीबुटी तस्करी नियन्त्रणका लागि विभिन्‍न प्रयास भइरहेका छन्', उनले भने, 'बजार, पसल, विकास आयोजना, प्रहरी युनिट र सरकारी कार्यालय अनुगमन गरिरहेका छौं। जिल्लाका नदीनालाबाट अवैधरुपमा हुने ढुंगा, गिट्टी, बालुवा दोहन रोक्न पनि प्रशासन सक्रिय छ।' जिल्लामा निर्माणाधीन विकास आयोजनाबारे निर्माण व्यवासयीहरुसँग छलफल गरिएको पनि प्रजिअ उपाध्यायले जानकारी दिएका छन्। कार्यक्रममा प्रशासनबाट गरिने सेवा प्रवाहको विवरण पनि उनले पत्रकारलाई दिएका छन्। हालसम्म ६ हजारभन्दा बढी नागरिकमाझ सचेतना अभियान पुर्‍याइएको पनि उनले बताएका छन्।

जिल्लाबाट नागरिकता लिने नागरिक र तिनका अभिभावकलाई बधाई दिँदै उनले नागरिकताको महत्व, आवश्यक्ता र सदुपयोगबारे सचेतना अभियान चलाइएको बताए। पुस १ गतेबाट प्रशासनमा सेवा आउने ६० वर्षमाथिका गरिब तथा विपन्‍न नागरिकलाई न्यानोका लागि कम्मल वितरण थालिएको उनले बताए। प्रजिअ उपाध्यायले आवश्यक नठानिएका विभिन्‍न शीर्षकका रकम सदुपयोग गरि उक्त अभियान थालिएको जानकारी दिए। पत्रकारहरुले दिएका सुझावलाई मनन गर्दै आफू अघि बढ्ने प्रतिवद्धता पनि उनले गरेका छन्। गत वर्षदेखि थालिएको छाउगोठ भत्काऊ अभियानलाई निरन्तरता दिने उनले बताए। कार्यक्रममा अहिलेको जटिल अवस्थामा अझै प्रभावकारी सेवा दिन पत्रकारहरुले सुझाव दिएका थिए। पत्रकार भेटघाटका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना, प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापा र विभिन्‍न सञ्‍चारमाध्यमका पत्रकारहरु उपस्थित थिए।

प्रतिक्रिया