Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जनवरीबाट भारतमा कोरोनाको खोप लगाइने

जनवरीबाट भारतमा  कोरोनाको खोप लगाइने

एजेन्सी- भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। त्यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले आगामी जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको उल्लेख गरेको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार आगामी केही हप्तामा केही कम्पनीका खोपले भारतमा आपतकालीन प्रयोगको अनुमति प्राप्त गर्दैछन्।

भारतमा दुई कम्पनीले खोपको आपतकालीन प्रयोगको अनुमति मागिसकेका छन् भने ६ वटा अन्य कम्पनीको खोप क्लिनिकल ट्रायलका क्रममा छ। भारत सरकारको योजनाअनुसार आगामी ३० अगस्टसम्म ३० करोड जनालाई खोप दिने तयारी छ। भारतमा कोरोना भाइरसबाट एक करोडभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। हालसम्म १ लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

तर पछिल्ला दिनहरुमा भारतमा संक्रमितको संख्या घट्दै गएको छ। भारतमा हाल भारतकै सीरम इस्टीच्युट र बेलायतको एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिशिल्ड खोप र कोभ्याक्सिनको चर्चा छ। कोभ्याक्सिनलाई भारत बायोटेक र आईसीएमआरले बनाएका हुन्।

प्रतिक्रिया

ट्रेन्डिङ