Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

२२ वर्षे नेपाली युवाले फेसबुकको ‘बग’ पत्ता लगाएर हात पारे साढै १५ लाख नगद

२२ वर्षे नेपाली युवाले फेसबुकको ‘बग’ पत्ता लगाएर  हात पारे साढै १५ लाख नगद

नेपाली इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले फेसबुकको बग अर्थात कमजोरी पत्ता लगाएर करिब १५ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । यस अघि इन्स्टाग्रामको बग पत्ता लगाएका पोखरेलले यस पटक फेसबुकको कमजोरी उजागर गरेका हुन् ।

फेसबुकको बग पत्ता लगाए वापत पोखरेलले १३ हजार १२५ अमेरिकी डलर रिवार्ड अर्थात सम्मान पाएका छन् । यस अघि इन्स्टाग्रामको कमजोरी पत्ता लगाए वापत उनले ६ हजार अमेरिकी डलर पुरस्कार हात पारेका थिए ।

त्यतिखेर उनले इन्स्टाग्राममा लामो समय अघि नै प्रयोगकर्ताले डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज (डीएम) कम्पनीको सर्भरमै रहने गरेको तथ्य पत्ता लगाएका थिए । त्यससँगै उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चित बनेका थिए ।

पोखरेलले ट्वीटरमार्फत आफ्ना लागि एकदमै विशेष दिन रहेको भन्दै खुशी साँटेका छन् । जसमा उनले पाँच अंक डलर बाउन्टी रिवार्ड प्राप्त गरेको समेत खुलाएका छन् ।

यद्यपी पोखरेलले फेसबुकको उक्त बग कुन थियो भन्ने कुरा चाहिँ खुलाउन चाहेनन् । फेसबुकबाट ‘डिस्क्लोजर अप्रुभल’ प्राप्त भएसँगै यस विषयमा थप अपडेट उपलब्ध गराउने छौं ।

यसरी एक पछि अर्को रुपमा सामाजिक सञ्जालमा रहेको गम्भीर कमजोरी पत्ता लगाएका सौगात यतिखेर नेपालमा ‘बग हण्टर’ उप नामले समेत चिनिन थालेका छन् । यस अघि नै उनले फेसबुक र इन्स्टाग्राममा दर्जनभन्दा बढी बग पत्ता लगाएर करिब २० लाख रुपैयाँ रिवार्ड पाइसकेका छन् ।

फिजिक्सका विद्यार्थी पोखरेल रुची र लगावकै कारण साइबर सुरक्षा अनुसन्धानको क्षेत्रमा लागेका हुन् । उनले यस विषयमा छुट्टै ‍औपचारिक कोर्ष समेत गरेका छैनन् । हाल उनी स्थानीय एक साइबर सेक्युरिटी कम्पनीमा समेत आवद्ध भइसकेका छन् । 

प्रतिक्रिया