Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

युट्युबको पार्टनर प्रोग्राममा पर्‍यो नेपाल, मनिटाइज गर्न सजिलो हुने

युट्युबको पार्टनर प्रोग्राममा पर्‍यो नेपाल, मनिटाइज गर्न सजिलो हुने

नेपाली युट्युबरलाई खुसीको कुरा छ । युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । यसको अर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ ।

युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।

भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो ।

नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो ।

सूचीमा नेपालको प्रवेशसँग अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन् ।

यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि लागु हुनेछ ।

युट्युबको पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन् । एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ । अहिले नेपाली युट्युबरले महिनामै ४÷५ लाख कमाउने अवस्थामा पुगिसकेका छन् ।

प्रतिक्रिया