ताजा अपडेट
युट्युबको पार्टनर प्रोग्राममा पर्यो नेपाल, मनिटाइज गर्न सजिलो हुने
नेपाली युट्युबरलाई खुसीको कुरा छ । युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । यसको अर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ ।
युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।
भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो ।
नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो ।
सूचीमा नेपालको प्रवेशसँग अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन् ।
यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि लागु हुनेछ ।
युट्युबको पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन् । एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ । अहिले नेपाली युट्युबरले महिनामै ४÷५ लाख कमाउने अवस्थामा पुगिसकेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया