ताजा अपडेट
सरकारले दूरसञ्चार कम्पनीलाई अधिनमा लिन सक्ने,पास भयाे कानुन
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पास गरेको छ । यो सँगै रुग्ण अवस्थामा पुगेका दूरसञ्चार कम्पनीलाई सरकारले आफ्नो अघिनमा लिन सक्ने भएको छ ।
शुक्रबार बसेको प्राधिकरण बोर्डको बैंठकले उक्त नियमावली पास गरेको हो । बोर्डले हाल तयार भएको दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ संशोधन सहित पास गर्ने निर्णय गरेको हो ।
उक्त संशोधनमा बोर्डमा उठेका विषय बस्तुका साथै पुर्व अध्यक्षले दिएका सुझावलाई समेट्नु पर्ने उल्लेख गरिएको प्राधिकरण बोर्ड स्रोतले जनाएको छ ।
यो सँगै स्मार्ट टेलिकम जस्ता सेवा प्रदायक यसबाट प्रभावित हुनेछन् । सरकारले स्मार्ट टेलिकमलाई बक्यौता बुझाउन फागुन मसान्तसम्मको अन्तिम मौका दिएको छ । निर्धारित अवधिमा बाँकी बक्यौता नतिरे सरकारले उक्त कम्पनीलाई आफ्नो अधिनमा लिनेछ ।
अन्तिम पटक थपिएको अवधिमा स्मार्ट टेलिकमले पहिलो किस्ताको रकम जरिवानासमेत बुझाउन नसकेको खण्डमा कम्पनीको लाइसेन्स खारेजीको प्रक्रिया सुरु हुनेछ ।
त्यसपश्चात कम्पनीका ग्राहकको सेवा निरन्तरता, सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्नका लागि सरकारले कसैलाई तोक्न सक्ने प्रावधान राखिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया