Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सशस्त्रका एसपी हर्कबहादुर विष्ट सेनाका जमदारकी श्रीमतीसँग पल्किएपछि

सशस्त्रका एसपी हर्कबहादुर विष्ट सेनाका जमदारकी श्रीमतीसँग पल्किएपछि

सशस्त्र प्रहरीका एसपी हर्कबहादुर विष्टले नेपाली सेनाका एक जमदारको श्रीमतीसँग रसलिला गरेको रहस्य सार्वजनिक भएको छ । सेनाका जमदार चित्रबहादुर खड्का शान्ति मिसनका लागि सुडान गएका बेला उनकी श्रीमतीलाई सशस्त्रका एसपी विष्टले यौनसम्पर्कसमेत गरेको दुई जनाबीचको च्याटबाट स्पष्ट हुन्छ । खड्काकी श्रीमती र एसपी विष्टबीच फेसबुक म्यासेन्जरमा गरेको लामो कुराकानी खड्काले फेला पारेपछि दुई जनाबीचको कर्तुत फेला परेको हो ।

खड्काले भने–“होटलमा बसेकोदेखि जंगलमा बसेको सबै प्रमाण छ । उस्तै परे दुई जनाबीच विवाह गर्नेसम्मका कुरा भएका छन् ।” बूढाले छोडे भने के गर्ने भनेर श्रीमतीले एसपी विष्टलाई सोध्दा म छँदै छु नि भनेर म्यासेजमा आश्वासन दिएको खड्काले बताए ।

दुई जनाबीच म्यासेन्जरमा भएका सम्पूर्ण कुराकानी सुरक्षित रोखको बताउँदै खड्काले अब कसरी यस विषयको टुङ्गो लगाउने भन्नेमा छलफल गरिरहेको बताए । २ जनाबीच घण्टौँसम्म कुरा गरेको रेकर्ड पनि फेला परेको बताउँदै खड्काले आफू सुडानमा एक वर्ष बसेका बेला यो सब भएको जानकारी दिए ।

खड्काले राष्ट्रको सेवा गर्न प्रहरीमा जागिर खाएका जिम्मेवार व्यक्तिले नै गलत काम गरेका विष्टिलाई सशस्त्री प्रहरील बलले कारबाही गर्नुपर्ने माग गरेका छन् । विष्ट र आफ्नी श्रीमतीले गलत काम गर्दा आफू पिडित भएको खड्काको गुनासो छ ।

एक वर्षको तलब र बैँकमा राखेको पैसालगायत केही रकम पनि खर्च गरेर सकिदिएको खड्काको गुनासो छ । श्रीमतीले विष्टलाई घडी उपहार दिएको पनि च्याटबाट प्रष्ट हुन्छ ।

आफ्नी श्रीमतीसँग लसपस गर्ने एसपी विष्टका एक श्रीमती र एक छोरी भएको बुझिएको छ । धनगढी घर भएका एसपी विष्टले सुर्खेतमा कार्यरत हुँदा खड्काकी श्रीमतीसँग सम्बन्ध बढाएका थिए ।

खड्का दम्पत्तीको ८ वर्षका एक छोरा र ५ वर्षकी एक छोरी छन् ।

(यो समाचार नेपाली सेनाका जमदार चित्रबहादुर खड्का स्वयम्को भनाईमा आधारित रहेर तयार पारिएको हो ।)

प्रतिक्रिया