Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौँ – नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

विश्वमै जनसंख्या घडीको प्रचलन रहेको पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँको स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएको नेपालको जनसंख्या घडीले नेपालको जनसंख्या आजबाट तीन करोड नाघेको देखाएको हो ।

विभाग स्रोतका अनुसार मध्यजनसंख्या सिद्धान्तको आधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लो समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।

नेपालमा पहिलोपटक विसं १९६८ सालमा जनगणना सुरू भएको थियो । त्यसयता प्रत्येक १० वर्षको अवधिमा  राष्ट्रिय जनगणना हुँदै आएको छ ।

अर्को राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागको योजना रहेको छ । विभागले हरेक जनगणनाको बाह्रौं श्रृंखला २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया