ताजा अपडेट
प्रतिक्विन्टल २५ हजार रुपियाँमा कारोबार हुँदै कालो मार्सी चामल
हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो ।
एक क्विन्टल मार्सी चामल किनेकी सिमकोट बजारकी मधु बस्नेतले प्रतिकेजी २५० रुपियाँ परेको बताईन । कालो मार्सी चामल मधुमेहका बिरामीका लागि बढी फाइदाजनक हुने भएकाले यसको माग बढ्दै गएकाले पनि महँगो परेको उनको भनाइ छ । गत वर्षसम्म प्रतिकेजी २२० रुपियाँ पर्ने मार्सी चामलको मूल्य यस वर्ष ३० रुपियाँ वृद्धि भएको हो ।
दक्षिणी हुम्लाबाट २२ क्विन्टल मार्सी चामल बाख्रामा ढुवानी गरेर ल्याएका अदानचुली गाउँपालिका–२, मकै गाउँका दत्त बुढा सबै चामल प्रतिक्विन्टल २५ हजारमा बिक्री भएको बताउँन्छन । उनले यस वर्ष उत्पादन कम र पैदल चार दिन लगाएर ल्याउन परेपछि मूल्यमा वृद्धि भएको बताएको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया