Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

काकाले परिवार नियोजन गरेका थिए, काकी गर्भवती भएको हल्ला चलेपछि भतिजाले गरे हत्या

काकाले परिवार नियोजन गरेका थिए, काकी गर्भवती भएको हल्ला चलेपछि भतिजाले गरे हत्या

लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेलको हत्या अवैद्य सम्बन्ध खुल्ने डरले आफ्नै भतिजाले गरेको खुलेको छ ।धनमायाका भतिजा पर्ने गाउँकै २० वर्षीय सागर भुजेलको योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको लमजुङका प्रहरी प्रमुख डिएसवपी गंगाबहादुर थापाले जानकारी दिए। हत्यामा संलग्न सागर र गाउँकै अर्का युवा १९ वर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विकास मृतक महिलाका नातामा भान्जा पर्ने व्यक्ति हुन्।

‘विकास र महिलाबीच अवैद्य सम्बन्ध रहेछ। उनीहरु नातामा काकी भतिज रहेछन्,’ डिएसपी थापाले नेपालखबरसँग भने, ‘गाउँमा धनमाया गर्भवती भएको हल्ला चलेपछि अवैद्य सम्बन्ध खुल्ने र काकीलाई आफूले जिम्मा लिनुपर्ने डरले उसले हत्या गरेको देखिन्छ।’ गएको बुधबार बिहान पति ध्रुब घरमा नभएको बेला विभत्स ढंगले धनमायाको हत्या भएको थियो। गाउँलेहरुका अनुसार धनमायाका पति ध्रुबले परिवार नियोजन गरेका थिए। काकाले परिवार नियोजन गरेको अवस्थामा काकी गर्भवती हुँदा आफूलाई अप्ठ्यारो पर्ने भयले सागरले आफ्ना साथी विकासको सहयोगमा उनको हत्या गरेको प्रहरीले जनाएको छ।

यद्यपी महिलामा गर्भ रहे/नरहेको खुली नसकेको डिएसपी थापाले बताए। ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ थापाले भने, ‘पोष्टमार्टम रिपोर्ट नआइ गर्भको विषय भन्न सकिन्न।’ थापाका अनुसार धनमायाले पनि सागरलाई आफू गर्भवती भएको भनेर भनेकी थिइनन्। ‘काकीले भनेकी थिइनन्, गाउँलेले हल्ला गरेकाले हत्या गरेको हुँ,’ सागरले बयानमा भनेका छन्। हिलो पत्नीसँग सम्बन्धविच्छेदपछि ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका थिए। ध्रुवकी जेठीतर्फका दुई सन्तान हजुरबाआमासँग बस्छन्। ध्रुव र धनमाया अरूले छाडेको घरमा बस्दै आएका थिए। ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन्।

प्रहरीका अनुसार घटना भएको दिन धनमाया घरमा एक्लै थिइन्। उनीहरुले सुरुमा धनमायाले लगाएको सलले घाँटी कसे। उनले गुहार माग्न थालेपछि दुबैले जाँतोले टाउकोमा प्रहार गरेर हत्या गरे। हत्यापछि शव बोरामा बेरेर सेप्टिक ट्यांकीमा फालेको अवस्थामा प्रहरीले फेला परेको थियो। सागर सुन्दर बजार नगरपालिका ३ स्वाराका हुन्। डिएसपी थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरबाट पक्राउ गरिएको हो।

सागर र विकासले मंसिर २९ गते राति सँगै बसेर हत्याको योजना बनाएका प्रहरीको भनाई छ। पुस १ गते बिहान साढे पाँच बजै नै उनीहरु धनमायाको घरमा पुगेर हत्या गरेका थिए। पक्राउपछि उनीहरुलाई जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा कारबाही अघि बढाइएको थापाले बताए।

प्रतिक्रिया