Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित  २ जना पक्राउ

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन । जिल्लाको टीकापुरबाट विवस बम र भारतीय नागरिक जसपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।  टीकापुर नगरपालिका– ८ खक्रौलामा लागुऔषध खैरो हिरोइन सहित भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी सुरतनगर ग्राम पञ्चायत ईन्द्रनगरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनको साथबाट सेतो प्लाष्टिकको पोका २ थान अर्थात् २० ग्राम लागुऔषध खैरो हिरोइन र १ थान लागु औषध नापतौल गर्ने डिजिटल तराजु बरामद गरिएको छ। यसैगरी नगरपालिकाको वडा नम्बर ७ स्थित सोनाहा फाँटा क्षेत्रबाट गौरीगंगा नगरपालिका वडा नम्बर ९ भैसासुरका २२ वर्षीय विवस बमको साथबाट ६ ग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विष्टले बताए । पक्राउ परेका दुवैमाथि लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया