ताजा अपडेट
कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ
कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन । जिल्लाको टीकापुरबाट विवस बम र भारतीय नागरिक जसपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो । टीकापुर नगरपालिका– ८ खक्रौलामा लागुऔषध खैरो हिरोइन सहित भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी सुरतनगर ग्राम पञ्चायत ईन्द्रनगरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनको साथबाट सेतो प्लाष्टिकको पोका २ थान अर्थात् २० ग्राम लागुऔषध खैरो हिरोइन र १ थान लागु औषध नापतौल गर्ने डिजिटल तराजु बरामद गरिएको छ। यसैगरी नगरपालिकाको वडा नम्बर ७ स्थित सोनाहा फाँटा क्षेत्रबाट गौरीगंगा नगरपालिका वडा नम्बर ९ भैसासुरका २२ वर्षीय विवस बमको साथबाट ६ ग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विष्टले बताए । पक्राउ परेका दुवैमाथि लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया