Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना ७ वटा मोटरसाईकल सहित पक्राउ - कैलाली

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना ७ वटा मोटरसाईकल सहित पक्राउ - कैलाली

कैलालीमा लामो समय देखि मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जना  ७ वटा मोटर साईकल सहित पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जनालाई ७ वटा मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालीका वडा नम्बर २ का १९ वर्षीय अर्जुन बिष्ट,  सोही ठाउँको जि.पि अटोपार्टसका संचालक २२ वर्षीय पारस बिष्ट,  २० वर्षीय यमराज बिक, २२ वर्षीय राजेश चौधरी, ३० वर्षीय बिदुर लामिछाने र  २० वर्षीय विकास सुवेदी रहेका छन। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मालपोत कार्यालय अगाडी पार्किङ गरि राखेको से३प ३७४ नम्बरको मोटरसाईकल चोरी भएको खबर प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दैै जादाँ अन्य ६ जनालाई समेत ७ वटा मोटरसाईकल सहित पक्राउ गरेको हो ।

घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानी बस्ने अर्जुन बिष्ट मालपोत अगाडीबाट चोरेको मोटरसाईकल चलाई रहेको अवस्थामा पहलवानपुर बाट पक्राउ परेका थिए । सोही घटनामा थप अनुसन्धान गरी अन्य व्यक्तीहरुको खोज तलास गर्दा ६ जना पक्राउ परेका हुन ।

५ वटा मोटर साईकलको सवारी धनी खुल्न आएको र सवारी धनीको जाहेरीको आधारमा पक्राउ परेका ६ जना बिरुद्ध मोटरसाईकल चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२ वटा मोटर साईकल धनी खुल्न नआएको हुदा ईन्जिन चेसिस नम्बरको आधारमा पहिचान गरी दिन आग्रह गरिएको छ । 

पक्राउ वयक्तिहरु :-

१) जिल्ला कैलाली घोडाघोडी नगरपालीका वडा नम्बर २ बस्ने बर्ष १९ को अर्जुन बिष्ट मिति २०७७।०८।२९ गते पक्राउ परेको ।

२) ऐ. ऐ. १० बस्ने ऐ ऐ स्थित जि.पि.अटोपार्टस संचालक बर्ष २२ को पारस बिष्ट मिति २०७७।०८।३० गते पक्राउ ।

३) ऐ.ऐ. बस्ने बर्ष २० को यमराज बि.क. मिति २०७७।०८।३० गते पक्राउ ।

४) ऐ. ऐ. ११ बस्ने बर्ष २२ को राजेश चौधरी मिति २०७७।०९।०२ गते पक्राउ ।

५) ऐ.ऐ. बस्ने बर्ष ३० को बिदुर लामिछाने मिति २०७७।०९।०२ गते पक्राउ ।

६) ऐ.ऐ. १ बस्ने बर्ष २० को विकास सुवेदी मिति २०७७।०९।०३ गते पक्राउ ।

बरामद भएका मोटर साईकल र सवारी धनी

१) जिल्ला कैलाली ध उ म न पा १४ बस्ने बिनय बानियाको सुपर स्पेलेन्डर से ३ प ३७४ नम्बरको चेसिस नम्बर MBLSA05EKC9K12801 ईन्जिन नम्बर IA05ECC9K12830 भएको मोटर साईकल मोटर साईकल थान १ ।

२) जिल्ला कैलाली जानकी गाउपालीका ९ बस्ने एकिन्द्र शाहको होण्डा टाईगर से ४ प ६४१२ नम्बरको चेसिस नम्बर ME4KCI91LE8061996, ईन्जन नम्बर KCI9E80091180 भएको मोटर साईकल फेलापारी बरामद गरेको हाल सो मोटर साईकलमा से ५ प ८६३ नम्बर प्लेट राखी चलाई रहेको मोटर साईकल थान १।

३) जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ७ बस्ने नगेन्द्र चौधरीको यामाह कम्पनिको FZS से ४ प ८८९८ नम्बर भएको चेसिस न. MEGRG0621G0157789, ईन्जन नम्बर G3C860252858 भएको मोटर साईकल फेलापारी बरामद गरिएको सो मोटर साईकलमा से ५ प २५८० नम्बर प्लेट राखी चलाई रहेको मोटर साईकल थान १।

४) जिल्ला कन्चनपुर महाकाली नगरपालीका वडा नम्बर ९ बस्ने बिनोद खडकाको सुपर स्पेन्डर सु प प्र ०२००३ प २५८२ चेसिस नम्बर MDL4AR071K9400421, ईन्जिन नम्बर 4A10AGR9400571 हाल नम्बर प्लेट नराखेको मोटर साईकल थान १ ।

५) जिल्ला कैलाली धनगढी उपमहानगरपालीका २ बस्ने लाल बहादुर शाहीको सुपर स्पेन्डर म १ प ६४३२ नम्बरको चेसिस नम्बर ME4JC368JB8318657, ईन्जिन नम्बर JC36E2489155 नम्बर प्लेट नभएको मोटर साईकल थान १ ।

६) सुपर स्पेन्डर चेसिस नम्बर MD2A37CZXDWB15747 र ईन्जिन नम्बर GEZWDBO8195 हाल नम्बर प्लेट म १ प ९१८१ राखेको सवारी धनी नखुलेको मोटर साईकल थान १ ।

७) बजाज डिस्कभर नम्बर प्लेट नभएको चेसिस नम्बर MBLHA10EJ99mo3899 र ईन्जिन नम्बर HA10EA99Mo3899 सवारी धनि नखुलेको मोटर साईकल थान १ ।

प्रतिक्रिया