ताजा अपडेट
सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो
धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया