Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’

जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’

काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’

उनले यति के भनेकी थिइन्, यात्रुको एकसाथ आवाज आयो, ‘यो जनकपुर होइन ! पोखरा हो, पोखरा !’ उनले ‘बुद्ध एयरलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद’ भन्नै पाइनन् । धावनमार्गमा गुडिरहेको जहाजभित्रैबाट उनले ककपिटमा रहेकी क्याप्टेन रीता प्याकुरेललाई यात्रुको प्रतिवाद रिपोर्टिङ गरिन् । एयरहोस्टेस मानन्धरको सूचनापछि क्याप्टेन प्याकुरेल र को–पाइलट सुरेश कटवालले त्यतिबेला मात्रै थाहा पाए, जनकपुरका यात्रु पोखरा ल्याइएको । त्यतिन्जेलमा काठमाडौंबाट उडेको २५ मिनेट घर्किसकेको थियो । यता, काठमाडौं स्टेसनमा बुद्ध एयरले त्यतिबेला मात्रै थाहा पायो, जब पोखराकै लागि जान तयार भएको अर्को जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पोखरा उडानका लागि अनुमति माग्यो । बुद्धले दैनिक काठमाडौं–पोखरा ७ वटा उडान गर्छ । अन्तिम उडानको फ्लाइट नम्बर यूफोर–६०७ हुन्छ । ‘यो उडान नम्बरको जहाज त अघि नै उडेर पोखरा पुगिसक्यो,’ टावरबाट एटीसीले अर्को जहाज उडाउन तयार भएका क्याप्टेन मनोज केसीको टिमलाई जानकारी गरायो ।

उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो । माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो । जहाजले पुनः यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो । पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो । यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे । काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो । पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अवतरण गराइन् । कान्तिपुर

प्रतिक्रिया