Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’

जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’

काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’

उनले यति के भनेकी थिइन्, यात्रुको एकसाथ आवाज आयो, ‘यो जनकपुर होइन ! पोखरा हो, पोखरा !’ उनले ‘बुद्ध एयरलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद’ भन्नै पाइनन् । धावनमार्गमा गुडिरहेको जहाजभित्रैबाट उनले ककपिटमा रहेकी क्याप्टेन रीता प्याकुरेललाई यात्रुको प्रतिवाद रिपोर्टिङ गरिन् । एयरहोस्टेस मानन्धरको सूचनापछि क्याप्टेन प्याकुरेल र को–पाइलट सुरेश कटवालले त्यतिबेला मात्रै थाहा पाए, जनकपुरका यात्रु पोखरा ल्याइएको । त्यतिन्जेलमा काठमाडौंबाट उडेको २५ मिनेट घर्किसकेको थियो । यता, काठमाडौं स्टेसनमा बुद्ध एयरले त्यतिबेला मात्रै थाहा पायो, जब पोखराकै लागि जान तयार भएको अर्को जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पोखरा उडानका लागि अनुमति माग्यो । बुद्धले दैनिक काठमाडौं–पोखरा ७ वटा उडान गर्छ । अन्तिम उडानको फ्लाइट नम्बर यूफोर–६०७ हुन्छ । ‘यो उडान नम्बरको जहाज त अघि नै उडेर पोखरा पुगिसक्यो,’ टावरबाट एटीसीले अर्को जहाज उडाउन तयार भएका क्याप्टेन मनोज केसीको टिमलाई जानकारी गरायो ।

उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो । माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो । जहाजले पुनः यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो । पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो । यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे । काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो । पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अवतरण गराइन् । कान्तिपुर

प्रतिक्रिया