Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे सिफारिस गरेसँगै २०७८ काे वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएकाे छ ।

मन्त्रिपरिषदकाे निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएकाे बताइएकाे छ । तर यसकाे अनुमाेदन भने राष्ट्रपति कार्यालयबाट भइसकेकाे छैन । स्राेतका अनुसार  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएकाे छैन ।

सरकारको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन : राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले सरकारको प्रस्ताव रोक्न नमिल्ने प्रष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीसमक्ष संसद विघटनको सिफारिस पेश गर्नु भएपछि न्यूज २४ संग संक्षिप्त प्रतिक्रिया दिँदै सल्लाहकार यादवले सरकारको प्रस्ताव रोक्न नमिल्ने बताउनु भएको छ ।

 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेशका लागि संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नु भएको थियो ।

राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद्को निर्णयसहित संसद विघटनको सिफारिस पेश गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको छ ।

राष्ट्रपतिका प्रमुख सल्लाहकार डाक्टर यादवले राष्ट्रपति भण्डारी आवश्यक परामर्शमा जुट्नु भएको र यसबारे चाँडै निर्णय आउने जानकारी पनि दिनुभयो । उहाँले सरकारको प्रस्ताव राष्ट्रपतिले रोक्न नसक्ने दोहोर्याउँदै आवश्यक परामर्श भने जारी राख्नु भएको बताउनुभयो ।

प्रतिक्रिया