Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे सिफारिस गरेसँगै २०७८ काे वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएकाे छ ।

मन्त्रिपरिषदकाे निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएकाे बताइएकाे छ । तर यसकाे अनुमाेदन भने राष्ट्रपति कार्यालयबाट भइसकेकाे छैन । स्राेतका अनुसार  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएकाे छैन ।

सरकारको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन : राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले सरकारको प्रस्ताव रोक्न नमिल्ने प्रष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीसमक्ष संसद विघटनको सिफारिस पेश गर्नु भएपछि न्यूज २४ संग संक्षिप्त प्रतिक्रिया दिँदै सल्लाहकार यादवले सरकारको प्रस्ताव रोक्न नमिल्ने बताउनु भएको छ ।

 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेशका लागि संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नु भएको थियो ।

राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद्को निर्णयसहित संसद विघटनको सिफारिस पेश गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको छ ।

राष्ट्रपतिका प्रमुख सल्लाहकार डाक्टर यादवले राष्ट्रपति भण्डारी आवश्यक परामर्शमा जुट्नु भएको र यसबारे चाँडै निर्णय आउने जानकारी पनि दिनुभयो । उहाँले सरकारको प्रस्ताव राष्ट्रपतिले रोक्न नसक्ने दोहोर्याउँदै आवश्यक परामर्श भने जारी राख्नु भएको बताउनुभयो ।

प्रतिक्रिया