Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानमन्त्रीलाई एकै चरणमा चुनाव गराउन निर्वाचन आयोगको सुझाव

प्रधानमन्त्रीलाई एकै चरणमा चुनाव गराउन  निर्वाचन आयोगको सुझाव

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए । आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने राय दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘सरकारले दुई चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको छ, तर आयोगका तर्फबाट माननीयज्यूहरुले आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सहज हुने राय दिनुभएको छ’ उनले भने ।

प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए ।

आयोगले सरकारले प्रस्ताव गरेको समयमा निर्वाचन सम्पन्न गर्न कठिन नहुने पनि बताएको छ । ‘हामीलाई निर्वाचनको तयारी गर्न १२० दिन समय भए पुग्छ, वैशाखमा निर्वाचन गर्न पर्याप्त समय छ’ प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया