Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो

अछाममा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो

अछाम- अछाममा शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ का २६ बर्षिया पुरुष र मंगलसेन नगरपालिका वडा नं. ७ का ४८ बर्षिया पुरुषमा शुक्रबार कोरोना पुष्टी भएको हो ।

राष्ट्रिय प्रयोगशाला परिक्षण केन्द्र टेकुमा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यो संगै अछाममा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ ।  

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार अछाम जिल्लामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । जसमा सबै भन्दा बढी मेल्लेख गाँउपालिकामा ६० जना, चौरपाटी गाँउपालिकामा २२ जना, साँफेबगर नगरपालिकामा ८ जना, मंगलसेन नगरपालिकामा १५ जना, बान्नीगढी जयगढ गाँउालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै रामारोशन गाँउपालिकामा २ जना, तुर्माखाँद गााउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका र पञ्चदेवल नगरपालिकामा एकएक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ११ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्ला बाहिर भने ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
 

प्रतिक्रिया