Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रचण्डको त्यो अन्तर्वार्ता जसले ओलि लाई अझै बिझाउँछ

प्रचण्डको त्यो अन्तर्वार्ता जसले ओलि लाई अझै बिझाउँछ

सोमबार देशबासीको नाममा सम्बोधन गदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको एक वाक्यको अर्थ निकै गहन छ ।

उनले भनेका छन,‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउन माझी गुहार्न थाल्नु भयो ।’

प्रधानमन्त्री ओलीले कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नु भयो भनेर कसलाई संकेत गरेका हुन् ? ओलीले यसो भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र उनले त्यहाँ दिएको अभिव्यक्तिलाई संकेत गरेका हुन् । नेकपा एकतापछि सन् २०१८ को सेप्टेम्बरको तेस्रो साता पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका थिए ।

सो भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गरेका थिए । भारत भ्रमणकै क्रममा प्रचण्डले भारतको अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्स र दि प्रिन्टलाई अन्तर्वार्ता दिएका थिए ।

सो अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीको बीचमा पार्टी एकता हुँदा पार्टी र सरकारको नेतृत्व बराबरी समय गर्ने सहमति भएको बताएका थिए । त्यति बेलासम्म दुई नेताको बीचमा भएको सहमति त्यति मुखरित रुपमा बाहिर आएको थिएन ।

हिन्दुस्तान टाइम्सले प्रचण्डलाई सोधेको थियो– तपाईं र ओलीको बीचमा भएको सहमति अनुसार दुई वर्षपछि तपाईंलाई प्रधानमन्त्रीमात्र दिने हो कि दुवै पद ? उत्तरमा प्रचण्डले भनेका थिए,‘समझदारीको भावना भनेको दुईमध्ये एक पद हो ।’

उनले दि प्रिन्टलाई पनि त्यही आशयको अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तालाई नै ओलीले अस्थीरताको सन्देश दिएको भनेका हुन् । आज मात्र होइन, यस अगाडि पनि ओली र उनी निकट नेताहरुले पटक पटक सो अभिव्यक्ति दिएका थिए । उनीहरुको तर्क हो– दुई नेताको बीचमा भएको सहमति किन विदेशी भूमिमा गएर बोल्नु पर्‍यो ? त्यसबेलादेखि नै ओलीलाई सो अन्तर्वार्ताले बिझाएको थियो । आज देशबासीलाई सम्बोधन गर्दै ओलीले सोही संकेत गरेका छन् ।

प्रतिक्रिया