Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रचण्डको त्यो अन्तर्वार्ता जसले ओलि लाई अझै बिझाउँछ

प्रचण्डको त्यो अन्तर्वार्ता जसले ओलि लाई अझै बिझाउँछ

सोमबार देशबासीको नाममा सम्बोधन गदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको एक वाक्यको अर्थ निकै गहन छ ।

उनले भनेका छन,‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउन माझी गुहार्न थाल्नु भयो ।’

प्रधानमन्त्री ओलीले कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नु भयो भनेर कसलाई संकेत गरेका हुन् ? ओलीले यसो भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र उनले त्यहाँ दिएको अभिव्यक्तिलाई संकेत गरेका हुन् । नेकपा एकतापछि सन् २०१८ को सेप्टेम्बरको तेस्रो साता पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका थिए ।

सो भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गरेका थिए । भारत भ्रमणकै क्रममा प्रचण्डले भारतको अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्स र दि प्रिन्टलाई अन्तर्वार्ता दिएका थिए ।

सो अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीको बीचमा पार्टी एकता हुँदा पार्टी र सरकारको नेतृत्व बराबरी समय गर्ने सहमति भएको बताएका थिए । त्यति बेलासम्म दुई नेताको बीचमा भएको सहमति त्यति मुखरित रुपमा बाहिर आएको थिएन ।

हिन्दुस्तान टाइम्सले प्रचण्डलाई सोधेको थियो– तपाईं र ओलीको बीचमा भएको सहमति अनुसार दुई वर्षपछि तपाईंलाई प्रधानमन्त्रीमात्र दिने हो कि दुवै पद ? उत्तरमा प्रचण्डले भनेका थिए,‘समझदारीको भावना भनेको दुईमध्ये एक पद हो ।’

उनले दि प्रिन्टलाई पनि त्यही आशयको अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तालाई नै ओलीले अस्थीरताको सन्देश दिएको भनेका हुन् । आज मात्र होइन, यस अगाडि पनि ओली र उनी निकट नेताहरुले पटक पटक सो अभिव्यक्ति दिएका थिए । उनीहरुको तर्क हो– दुई नेताको बीचमा भएको सहमति किन विदेशी भूमिमा गएर बोल्नु पर्‍यो ? त्यसबेलादेखि नै ओलीलाई सो अन्तर्वार्ताले बिझाएको थियो । आज देशबासीलाई सम्बोधन गर्दै ओलीले सोही संकेत गरेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ