Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

संसद विघटन भए संगै नेकपा बझाङको अंक गणितिय हिसाब सुरु

संसद विघटन भए संगै नेकपा बझाङको अंक गणितिय हिसाब सुरु

सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा मा अहिले केन्द्र देखि जिल्लास्तर सम्म नेता कार्यकर्ता बिभाजित भएका छन् ।

संसद बिघटन गरि चुनाबको मिति घोषणा भए संगैे बझाङ जिल्लाका नेता कार्यकर्ताले पनि सरकारले चालेको कदम प्रति विभाजित भएका हुन् । संसद विघटन संगै बझाङमा अंक गणितिय हिसाब सुरु भएको छ । जिल्लाका शिर्ष नेताहरु अहिले आफु निकटका कार्यकर्तालाई बोलाएर सरकारको कदमका विरुद्ध परामर्श गरि रहेका छन ।

दुई नगरपालिका र १० गाँउपालिका गरि १२ स्थानिय तह भएको बझाङमा ८ वटा स्थानियमा नेकपाको सरकार छ । अहिले जिल्लाका शिर्ष नेताहरु स्थानिय तह देखि नै को कस्को पक्षमा भनेर अंक गणितिए हिसाबमा लागी रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम प्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन । 

निवर्तमान प्रतिनिधि सभा सदस्य आशा बिक सरकारले चालेको कदम प्रति सहमत हुनुहुन्छ । त्यसै गरी सविंधान सभा सदस्य समेत रहेका मानप्रशाद खत्री र अफिलाल ओखेडा पनि प्रधानमन्त्री केपि ओलीको पक्षमा उभिएका छन् । सरकारले सविंधान सभा सदस्य समेत रहेका मान प्रसाद खत्रिलाई समाबेशि आयोगका अध्यक्षमा समेत नियुक्त गरेको छ । उनीहरु पहिले देखि नै केपी ओली निकटका मानिन्छन । केहि पदलोभी र सत्ताका प्यासीहरुले सरकार र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीलको कदम सहि भएको उनीहरुको भनाई छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा का सुदुरपश्चिम प्रदेशका सह ईन्चार्ज एंवम नेकपाका केन्द्रिय सदस्य भानुभक्त जोशी, केन्द्रिय सदस्य एवंम विघटित प्रतिनिधि सभाका सदस्य भैरब बहादुर सिहं प्रधानमन्त्रीका विरुद्धमा छन । नेकपाका सुदुरपश्चिम कमिट सदस्य दिल बहादुर सिंह पनि माधव, प्रचण्ड खेममा उभिएका छन ।

उनीहरु नेकपाका उपाध्यक्ष बामदेब गौतम निकट मानिन्छन् । तसर्थ उनीहरु प्रचण्ड माधव नेपालको खेमामा उभिएका छन । नेकपाका केन्द्रिय सदस्य देबराज रेग्मी, सुदुरपश्चिम प्रदेश सभाका सभामुख एंवम बझाङ जिल्ला प्रदेश क क्षेत्रका सांसद अर्जुन थापा,  प्रदेश ख क्षेत्रकी सासंद देबकी मल्ल, प्रदेश सांसद माया तामाङ, शान्ती नेपाली, संविधान सभा सदस्य लाल बहादुर रावल र जनक बुढा प्रधानमन्त्रिको कदम विरुद्व छन ।

सुदुरपश्चिम प्रदेश सभाका सभामुख समेत रहेका नेकपाका नेता अर्जुन थापा भीम रावल निकटका हुन । उनीहरु खुलेरै नेकपाका अध्यक्ष प्रचण्ड र माधब नेपालको खेमा उभिएको छन । संसद विघटन भएकै दिन सुदुरपश्चिम प्रदेशको राजधानी धनगडीमा प्रचण्ड र माधब खेमामा अभिएका बझाङका शिर्ष नेताहरुको भेला समेत भएको स्रोतले जनाएको छ ।
यसै गरि नेकपा बझाङ जिल्ला अध्यक्ष मिन बहादुर कुवँर र सचिब दमन भण्डारी प्रचण्ड माधब खेमा छन । उनीहरु प्रचण्ड निकट मानिन्छन । जयपृथ्वि नगरपालिका प्रमुख विरेन्द्र खड्का र उपप्रमुख जुना जाग्री प्रधानमन्त्रीले चालेको कदम प्रति असन्तुष्ट छन् । मष्टा गाँउपालिका का अध्यक्ष कर्ण बहादुर कठायत र तलकोट गाँउपालिका अध्यक्ष लाल बहादुर बिष्ट पनि सरकारले चालेको कदमका बिरुद्व छन । दुर्गाथलि गाँउपालिकाका अध्यक्ष प्रयागराज जोशी, केदारस्यु गाँउपलिकाका अध्यक्ष ईन्द्र भण्डारी, छबिसपाथिभेरा गाँउपालिकाका अध्यक्ष अक्कल धामी र वित्थडचिर गाउँपालिका अध्यक्ष प्रेम बोहरा र थलारा गाउपलिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय पनि सरकारले चालेको कदमका बिरुद्व रहेको स्रोतले जनाएकोे छ ।

प्रतिक्रिया