ताजा अपडेट
कमल थापाले भने कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उत्तम विकल्प
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्।
आज ट्वीट गर्दै थापाले यस्तो बताएका हुन्। उनले फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो शृंखला सुरु गर्नुभन्दा ताजा जनादेश नै विकल्प भएको बताएका हुन्।
उनले भनेका छन्, ‘संसद विघटनको वैधानिकताको परिक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो।’
संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ
— Kamal Thapa (@KTnepal) December 22, 2020
तर
'घोडा व्यापार' र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया