Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ब्ल्याक एन्जल्सका युवाहरुले निर्माण गरिदिए विपन्नको घर

ब्ल्याक एन्जल्सका युवाहरुले निर्माण गरिदिए विपन्नको घर

धिरज कुँवर - पुस ७ , अछाम

ब्ल्याक एन्जल्स युवा क्लब साँफेबगरका युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् । जिल्ला स्तरीय खेलकुद, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य रक्तदान कार्यक्रम, बजार सरसफाई र फोहोरमैला व्यवस्थापनमा सक्रिय युवाहरुले साँफेबगरकै एक विपन्न परिवारको घर बनाइ दिएका हुन् ।

कोरोना भाइरसले लकडाउन हुँदा समस्यामा परेका परिवारलाई राहत वितरणको बेला जाँदा साँफेबगर नगरपालिका ३ नवराज ओडको अवस्था दयनिय देखेपछि युवाहरुले आफ्नै पहलमा घर निर्माण गरेका हुन् । वडको परिवारमा १३ जना सदस्य रहेको र आर्थिक अवस्था कमजोर भएकाले ब्ल्याक एन्जल्स युवाक्लबका दशरथ कुँवर, योगेश कुँवर, गोपाल कुँवर, विक्की चौहान, जर्ज कडायत लोकजन बोगटी लगायतका युवाहरुले घर बनाईदिएका हुन । वडका नाबालक छोराछोरि, र आमासंगै सबै परिवार नै त्रिपालमुनी बसेको देख्दा पनि स्थानीय , प्रदेश र संघ सरकारले वेवास्ता गरेपछि आफूहरु लागि परेको युवाहरु बताउँछन् ।

युवाहरुले आफ्नै लगानिमा घर निर्माण गरिदिएर मानवता र उदारताको एक गतिलो उदाहरण पेश गरेको स्थानीय बताउँछन् । ‘गाँउतिर जाने क्रममा भत्किएको घरमा त्रिपाल हालेको देख्यौं । सबै कुरा बुझ्दा नवराजसँग घर बनाउन सक्ने आर्थीक अवस्था नभएको थाह भयो । मन कटक्क खायो अनि क्लबका सबै साथिहरु मिलेर बरु छ महिना खाजा नखाने तर नवराजको घर निर्माण गरिदिने सल्लाह गर्यौं’ हाम्रो बुलेटिनसँग कुरा गर्दै बल्याक एन्जल्स क्लबका योगेश कुँवरले भने ,‘ स्थानियले पनि श्रमदान गरिदिएर सबै कुरा सम्भव भयो ।’ बल्याक एन्जल्स क्लबका युवाहरुले निज निर्प वडको घर ३ महिना मै युवाहरुको पहल र गाउँलेहरु श्रमदानका लागि गुहारी क्लब कै खर्चमा घर निर्माण गरिएको दशरथ कुवँरले बताए ।

मंगलबार गरिएको हस्तान्तरण कार्यक्रममा साँबेबगर नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा सदस्य बल बहादुर कुँवर, निर्माण व्यवसायी संघ अछामका उपाध्यक्ष राजेन्द्र कुँवर, त्रिपुरा सुन्दरी क्याम्पसका का स्ववियु सभापती भिम कुँवरको सहभागिता रहेको थियो । त्यस्तै ब्ल्याक एन्जल्सका युवाहरु, दशरथ कुँवर, योगेश कुँवर, गोपाल कुँवर, विक्की चौहान, जर्ज कडायत लोकजन बोगटी लगायतका युवाहरुको विषेश उपस्तिथि रहेको थियो । आगामी दिनहरुमा पनि भैपरी आउने जुनसुकै विषम् परिस्थिति, सुख, दुःख, समाजको स्तरउन्नतिका लागि ब्ल्याक एन्जल्सका यूवाहरुले सदैव सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया