Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

अछाममा गत वर्ष माघ २० गते राति भैसीं गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका – २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न ४ जनालाई जन्मकैदको फैसला भएको छ । बुधबार जिल्ला न्यायधीश नविन कुमार जोशीको एकल इजालशले जन्मकैदको फैसला गरेको हो । मृतकका भाई सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

हत्यामा संग्लग्न प्रेमबहादुर धामी ,जीवन धामी ,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालत अछामका तहशिलदार , शाखा अधिकृत नारायण पौडेले जानकारी दिए । अन्य ५ जनाले सफाई पाएको उनले बताए । मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेसाबाट राजीनामा गरी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका धामीको मृत्युको छानबिन गर्न केन्द्रिय अनुसन्धान ब्युरो सिआइबी र तालिम प्राप्त कुकुरको टोेलि घटनास्थल पुगेको थियो ।

घटनामा आफ्नै आफन्त संग्लग्न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाई सुरतबहादुर धामीले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ