Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘माफी माग्यो बुद्धएयरले’

‘माफी माग्यो बुद्धएयरले’

गएको शुक्रबार जनकपुरतर्फ जानुपर्ने उडान पोखरा पुगेको घटनामा बुद्ध एयरले माफी मागेको छ । बुधबार कम्पनीले विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गरेको उल्लेख गर्दै भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ ।

बुद्धको माइक यांकी एटीआर विमान जनकपुरका लागि ६९ यात्रु राखेर शुक्रबार काठमाडौंबाट पोखरा पुगेको थियो । ‘यो विशेष घटनाको सम्बन्धमा हामी हाम्रा यात्रुलाई परेको असुविधाका लागि हृदयदेखि माफी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै भविष्यमा यस्ता घटना नदोहोरिने विश्वास पनि दिलाउन चाहन्छौं ।’

त्यसै दिन उक्त उडान फेरि पोखराबाट ४५ मिनेटपछि जनकपुरतर्फ उडेको थियो । बुद्धले आफ्नो ग्राउन्ड अप्रेसन र चालक दलबीच मिस कम्युनिकेसन भएका कारण यो घटना भएको जनाएको छ । ‘यो घटनाको मूल कारण पत्ता लगाउन आन्तरिक अनुसन्धान पनि गर्‍यौं,’ बुद्धले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिने छैनन् । हामीले अनुसन्धानपछि हाम्रा उडानसँग सम्बन्धित प्रक्रिया तथा म्यानुअलहरु पनि परिमार्जन गरेका छौं ।’ आफ्नो अनुसन्धानको प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई पनि बुझाएको उल्लेख गर्दै उक्त निकायले गर्ने थप अनुसन्धानपछि जारी गरिने निर्देशन पनि पालना गर्ने जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ