ताजा अपडेट
‘माफी माग्यो बुद्धएयरले’
गएको शुक्रबार जनकपुरतर्फ जानुपर्ने उडान पोखरा पुगेको घटनामा बुद्ध एयरले माफी मागेको छ । बुधबार कम्पनीले विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गरेको उल्लेख गर्दै भविष्यमा नदोहोर्याउने प्रतिबद्धता जनाएको छ ।
बुद्धको माइक यांकी एटीआर विमान जनकपुरका लागि ६९ यात्रु राखेर शुक्रबार काठमाडौंबाट पोखरा पुगेको थियो । ‘यो विशेष घटनाको सम्बन्धमा हामी हाम्रा यात्रुलाई परेको असुविधाका लागि हृदयदेखि माफी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै भविष्यमा यस्ता घटना नदोहोरिने विश्वास पनि दिलाउन चाहन्छौं ।’
त्यसै दिन उक्त उडान फेरि पोखराबाट ४५ मिनेटपछि जनकपुरतर्फ उडेको थियो । बुद्धले आफ्नो ग्राउन्ड अप्रेसन र चालक दलबीच मिस कम्युनिकेसन भएका कारण यो घटना भएको जनाएको छ । ‘यो घटनाको मूल कारण पत्ता लगाउन आन्तरिक अनुसन्धान पनि गर्यौं,’ बुद्धले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिने छैनन् । हामीले अनुसन्धानपछि हाम्रा उडानसँग सम्बन्धित प्रक्रिया तथा म्यानुअलहरु पनि परिमार्जन गरेका छौं ।’ आफ्नो अनुसन्धानको प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई पनि बुझाएको उल्लेख गर्दै उक्त निकायले गर्ने थप अनुसन्धानपछि जारी गरिने निर्देशन पनि पालना गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया