Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा आज २१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८६ पुग्यो

सुदूरपश्चिममा आज २१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८६ पुग्यो


धनगढी- सुदूरपश्चिम प्रदेशमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जनामा कोरोना पुष्टि भएको हो। 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका ५ महिला र २० पुरष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौँ जना, बाजुरका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार आजै चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ। 

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्। 

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ८ सय ८६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८०, बैतडीमा एक सय ९०, अछामका एक सय २६, बाजुराका एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। 

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया