ताजा अपडेट
चितुवाको छाला र हड्डी सहित कैलालीमा ३ जना पक्राउ
कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन।
जिल्लाको गोदावरी नगरपालीका –२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालीका–४ का ३१ वर्षीय, डोटी आदर्श गाउँपालीका–५ का लामीखालका ३५ वर्षीय बर बहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट चितुवाको छाला र हड्डी बरामद गरेको उनले बताए।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया