ताजा अपडेट
चितुवाको छाला र हड्डी सहित कैलालीमा ३ जना पक्राउ
कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन।
जिल्लाको गोदावरी नगरपालीका –२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालीका–४ का ३१ वर्षीय, डोटी आदर्श गाउँपालीका–५ का लामीखालका ३५ वर्षीय बर बहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट चितुवाको छाला र हड्डी बरामद गरेको उनले बताए।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया