Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालमा कोरोनाका ५९३ जना संक्रमित थपिय,संक्रमितको संख्या ११ हजार ७५५

नेपालमा कोरोनाका ५९३ जना संक्रमित थपिय,संक्रमितको संख्या ११ हजार ७५५

 

काठमाडौं- नेपालमा बितेको २४ घण्टामा काठमाडौंका ३ सहित विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 


मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।


 नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।  


यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । 


 कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।  मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो ।  असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता गौतमले ती महिलाको नाम ठेगाना नखुलेको जानकारी दिए ।   अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए । 

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । 

प्रतिक्रिया