ताजा अपडेट
अटोको सिटमुनि २० किलो गाँजासहित एकजना पक्राउ
मोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका ७ गणेश राई पक्राउ परेका हुन् ।
को २ ह ४२४१ नम्बरको अटोको सिटमा फल्स बटन बनाएर लागुपदार्थ गाँजा लैजाँदै गरेको अवस्था अटो चालक ३१ वर्षीय राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रमुख पौडेलका अनुसार शंकास्पद रुपमा सडकमा गुडिरहेको अटो नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
चालक राई गाँजा ओसारपोसारमा संलग्न रहँदै आएको प्रहरीको भनाई छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया