ताजा अपडेट
अटोको सिटमुनि २० किलो गाँजासहित एकजना पक्राउ
मोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका ७ गणेश राई पक्राउ परेका हुन् ।
को २ ह ४२४१ नम्बरको अटोको सिटमा फल्स बटन बनाएर लागुपदार्थ गाँजा लैजाँदै गरेको अवस्था अटो चालक ३१ वर्षीय राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रमुख पौडेलका अनुसार शंकास्पद रुपमा सडकमा गुडिरहेको अटो नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
चालक राई गाँजा ओसारपोसारमा संलग्न रहँदै आएको प्रहरीको भनाई छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया