Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट - धनगढी

व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट - धनगढी

सोमबार साँझ धनगढीमा व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ। 

धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुटपाट गरेको पसल सञ्चालकले बताएका छन्।  

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताए।

सञ्चालक भट्टका अनुसार उनी किराना पसलमा थिए। छिमेकमा बस्ने एक किशोरी  पनि पसलमा हाजमोला किन्न आएकी थिइन्। त्यही बेला मोटरसाइकल ६ लेन सडकमा पार्क गर्दै एक युवक आए। 

उनले रिर्चाज मागे। रिचार्ज कार्डको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल राखे। 

किशोरी तर्सिएर घर फर्किइन। उनले परिवारका अन्य सदस्यलाई पसलमा भएको घटनाको बारेमा बताइन्। 

त्यतिबेलासम्म भट्टको पसलमा भएको रकम र रिचार्ज कार्ड लिएर युवक फरार भइसकेका थिए। 

अहिले घटना स्थलमा प्रहरी पुगेको छ। प्रहरीलाई भट्ट, प्रत्यक्षदर्शी ती किशोरी र अन्य छिमेकीहरुले घटनाक्रम बताउदैछन्। 

घटनापछि उनीहरु सबै त्रसित बनेका छन्। 

प्रतिक्रिया