ताजा अपडेट
करिब २ किलो लागुऔषध चरेशसहित अत्तरियाबाट २ जना पक्राउ
कैलाली गोदावरी नगरपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ। नगरपालिकाको वडा नम्बर २ अत्तरिया बजारस्थित सुमन होटलबाट १ किलो ८ सय ५० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुमन होटलका सञ्चालक गोदावरी नगरपालिका– १० का २९ वर्षीय ओम बहादुर सिंह र बैतडीको पुर्चौडी नगरपालिका–७ का २५ वर्षीय महेश साउँद रहेका छन्।
लागु औषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया