Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिहान ६ देखि राति १० बजेसम्म ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न सकिने

बिहान ६ देखि राति १० बजेसम्म  ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न सकिने

मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ । अनलाइन रजिष्ट्रेसनको समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

साप्ताहिक रूपमा छुट्याइएको कोटा उपलब्ध हुँदा मात्र फर्म रजिष्टर हुन्छ । विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध गराउनेछ ।

ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् ।

लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन दर्ता गर्न सक्छन् ।

अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गरी थाहा पाउन सक्छन् ।

लिखित परीक्षाकाे नतिजा माेबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएकाे बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

लाइसेन्सका लागि अनलाइनमार्फत कसरी आवेदन दिने त ?

१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

२) त्यहाँ सबैभन्दा माथि रहेको ‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि  ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

नयाँ ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहाेस् । 

https://onlineedlreg.dotm.gov.np/dlNewRegHome

नयाँ ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

प्रतिक्रिया

ट्रेन्डिङ